यामाहा अब मोरङको विराटचोकमा


यामाहा सोरुमको आधिकारिक बिक्रेता मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -९, बिराटचौकमा उदघाटन भएको छ ।
बि एण्ड बि अटो ट्रेडर्सले यामाहाको विभिन्न ब्राण्डका बाइक सोरुमको आधिकारिक उदघाटन भने कोशी प्रदेशका सांसद माननीय ज्ञानेन्द्र सुबेदीले गरेका छन ।

यामाहा ब्राण्ड भनेको बिश्वमै चर्चित जापानीज ब्राण्ड हो। हाइ माइलेज, बढी गति दिने ब्राण्ड भएको र एफ आइ टेक्नोलोजीमा निर्माण भएको बाइक र नेपालको यस्तो मात्रा ब्राण्ड हो जसको ९५ प्रतिशत गाडीहरू एफ आइ टेक्नोलोजी भएको बि एण्ड बि अटो ट्रेडर्सका संचालक बिष्णु कार्कीले बताए। नेपालमै यामाहा ब्राण्डको एफ आइ टेक्नोलोजी बनाउन सक्ने दक्ष जनशक्ति र उपकरण भएको एक मात्र ब्रान्ड हुनाले अधिकांशको रोजाइमा पर्न गएको कार्कीको तर्क छ ।

बिदेशमा गएर अरु देशमा काम गर्नुभन्दा आफ्नै देशमा व्यवसाय गर्ने सोचका साथ कार्कीले आफ्नो रोजाइमा यामाहा नै रहेको बताए। अब भने ग्राहकले एकै छातामुनि गुणस्तरिय सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा प्रदान गर्ने गर्नेछ।

उत्कृष्ट प्रविधि आकर्षक डिजाइन तथा गुणस्तरीय ब्राण्ड यामाहा प्रति ग्राहकहरुको माया र विश्वास रहेकाले नेपालमा यामाहा राण्डको लोकप्रियता निकै बढेकोको संचालक कार्कीको भनाई छ। विराटचोक स्थित यामाहा संग आफनो व्यवसायलाई सचालन गर्न पाएकोमा गौरवान्वितका साथ हर्षित महशुस गरेको बताउदै कार्कीले ग्राहक प्रतिको प्रतिबदतालाई आत्मसाथ गरी सेवा पुयाउने उद्देश्यले नयाँ शोरूमको सुरुवात गरेको बताए।

विश्वस्तरीय यामाहा ब्राण्डको शोरुम ग्राहकहरुको चाहना बमोजिम सहज, सरल तथा गुणस्तरीय सेवा लाई मध्यनजर गर्दै ल्याएको जानकारी संचालक कार्कीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *