यामाहा ब्राण्डका आधिकारिक बिक्रेता बिराटचौकमा, भोलि देखि शुभारम्भ
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -९, बिराटचौकमा यामाहा सोरुमको आधिकारिक बिक्रेता भोलि (आइतबार ) औपचारिक रुपमा उदघाटन हुने भएको छ।
बि एण्ड बि अटो ट्रेडर्सले यामाहाको विभिन्न ब्राण्डका बाइकहरुको सोरुम संचालनमा ल्याएको हो । यसको सोरुम गत अषाढ अर्थात ९ महिना अघि नै खुलेपनि आधिकारिक उदघाटन भने हुन सकेको थिएन । यसको आधिकारिक उदघाटन भने कोशी प्रदेशका सांसद माननीय ज्ञानेन्द्र सुबेदीले गर्ने भएको छ।
बि एण्ड बि अटो ट्रेडर्सका संचालक युवा ब्यबसायी बिष्णु कार्कीका अनुसार यामाहा ब्राण्ड भनेको बिश्वमै चर्चित जापानीज ब्राण्ड हो। हाइ माइलेज, बढी गति दिने ब्राण्ड भएको र एफ आइ टेक्नोलोजीमा निर्माण भएको बाइक र नेपालको यस्तो मात्रा ब्राण्ड हो जसको ९५ प्रतिशत गाडीहरू एफ आइ टेक्नोलोजी भएको कार्कीले बताए। नेपालमै यामाहा ब्राण्डको एफ आइ टेक्नोलोजी बनाउन सक्ने दक्ष जनशक्ति र उपकरण भएको एक मात्रा ब्रान्ड हुनाले अधिकांशको रोजाइमा पर्न गएको कार्कीको तर्क छ ।