नयाँ थारू सांगीतिक भिडियो ‘चलगे छोरी’ सार्वजनिक
सुन्दरहरैंचा , २६ मंसिर २०८२
बागिया इन्टरटेन्मेन्टको प्रस्तुति रहेको नयाँ थारू सांगीतिक भिडियो ‘चलगे छोरी’ आज इटहरीस्थित कोशी भिजन फिल्म्स मार्फत औपचारिक रूपमा सार्वजनिक भएको छ। परम्परागत थारू लय र आधुनिक प्रस्तुतीकरणको सुंदर संयोजन गरिएको यस गीतले सांगीतिक मनोरञ्जनसँगै समाजिक भावनालाई पनि उजागर गरेको छ।
गीतकार, संगीतकार तथा गायक बालकृष्ण थारू स्वयंले तयार पारेको यस गीतमा मुख्य भूमिका रचना हजारी, बालकृष्ण थारू र निष्ठा थारू, एलएन गच्छदारले निभाएका छन्। भिडियोमा थारू समुदायको सांस्कृतिक पोशाक, जीवनशैली र परम्परागत कला–संस्कृतिलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ।
क्यामेरा, एडिट तथा कलरको जिम्मेवारी हेमन्त तामाङ ले सम्हालेका छन् भने बिबेक सर्दार को कोरियोग्राफी र जय चौधरी को निर्देशन रहेको छ। भिडियोको मिक्सिङ/मास्टरिङ सुबास पौडेल ले गरेका छन्। पोस्ट–प्रोडक्सन इटहरीकै कोशी भिजन फिल्म्स मा सम्पन्न भएको हो।
निर्माण पक्षले यस गीतलाई स्वर्गीय मित्र पुष्प कुमार चौधरी (पुस्पे) को सम्झनामा समर्पित गरेको छ। गीतले केवल मनोरञ्जनको मात्र सीमित नभएर मित्रताको सम्मान व्यक्त गर्ने उद्देश्य राखेको छ।
सार्वजनिक कार्यक्रममा बोल्दै गायक बालकृष्ण थारू ले थारू कला र संस्कृतिको पहिचान देश–विदेशमा पुर्याउने लक्ष्यका साथ यो गीत सार्वजनिक गरिएको बताए। गीत निर्माणमा सहयोग थारू कला केन्द्र, जन चर्चा टाइम्स र स्पार्क एडभर्टाइजिङ ले गरेको छ।
‘चलगे छोरी’ गीत अहिले YouTube, Spotify, Apple Music, YouTube Music, JioSaavn, Deezer, Pandora लगायतका डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ।
पुरा भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस .
https://www.youtube.com/watch?v=urfys6lg5wc&list=RDurfys6lg5wc&start_radio=1

