विराट गोल्डकप : आर्मीलाई हराउँदैँ थ्रीस्टार फाइनलमा
मणिराम दाहाल / सुन्दरहरैँचा
विराटनगरमा जारी नवाैँ संस्करणको रमपम विराट गोल्डकपमा थ्रीस्टार क्बल फाइनलमा पुगेको छ ।
सहिद रंगशालामा आइतबार भएको रात्रिकालिन पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले हराउँदै थ्रीस्टार फाइनल चरणमा पुगेको हो । जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले १–१ गोल गरे । थ्रीस्टारले खेल सुरु भएको पहिलो एक मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । दिपेश घलेले निकालेको क्रस पासलाई प्रशान्तले चलाखीपूर्ण ढंगले जाली चुमाए । दोस्रो गोल खेलको २८ औं मिनेटमा भयो । आशिष चापागाइले निकालेको पासलाई दिपेशले आकर्षक गोलमा परिणत गरि अग्रता दोब्बर बनाए । तेस्रो गोल ८१ औं मिनेटमा भयो । नविन लामाले गोल गर्दै टिमको जित सुनिश्चत गरे ।
आर्मीको तर्फबाट कप्तान नवयुग श्रेष्ठ तथा निरज चौधरीले समान १ –१ गोल फर्काए । नवयुगले खेलको ८३ आँै मिनेटमा गोल गरे । दोस्रो गोल पेलान्टी सुटआउटबाट आर्मीका निरज चौधरीले गरे । आर्मीका निसान्त राईलाई दोस्रो हाफको अतिरिक्त समयमा डिबक्स भित्र थ्रीस्टारका खेलाडीले फल खेलेपछि रेफ्री श्याम दनुवारले पेनाल्टी दिएका थिए ।
प्रतियोगिताको प्लेयर अफ द म्याच थ्रीस्टारका प्रशान्त लाक्सान लिम्बु घोषित भए । उनले नगद ११ हजार पाए । जितसँगै उपाधि रक्षाको लागि थ्रीस्टारले सोमबार हुने अन्तिम सेमिफाइनल खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइजको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
२०७४ सालमा पनि थ्री स्टारले विराट गोल्डकपको फाइलनमा आर्मीलाई ३–० गोलले हराउँदै उपाधि उचालेको थियो ।
तत्कालीन राजा महेन्द्रको नामबाट २०१८ सालमा महेन्द्र गोल्डकपबाट सुरू गरिएको प्रतियोगिता पछिल्लो संस्करणका रूपमा २०५७ सालदेखि विराट गोल्डकपका रूपमा खेलाइदै आएको हाे । पञ्चायत कालमा २७ पटक तथा बहुदल आएपछि विराट गाेल्डकपका नामबाट याे नवाै प्रतियाेगिता सञ्चालन भएको हाे । यस प्रतियोगिताको संरक्षक र प्राविधिक सहयोगमा कोसी प्रदेश सरकार, प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल सङ्घ, मोरङ उद्योग व्यापार सङ्घ रहेको छ।
माेफसलकाे सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेता टिमले रू ११ लाख तथा उपविजेताले ५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्ने
विराट गाेल्डकप फुटबल प्रतियोगिता आयाेजक समित संयाेजक नवीन रिजालले जानकारी दिए ।
