सौजन्य सहकारीको ताला फोडी नगद चोरी गर्ने ४ जना आरोपी पक्राउ

जिल्ला मोरङ ग्रामथान गाँउपालिका वडा न.२ झोराहाट स्थितमा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ताला फोडी चोरीको आरोपमा चार जना पक्राउ परेका छन । ढोकाको ताला फोडी कोठा भित्र प्रबेश गरी फलामको सेफ बाकस (भल्ट) मा राखेको सात लाख सतहत्तर हजार अठार रुपैया चोरी भएको कसूरमा संलग्न ४ जना ब्यक्तिहरूलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको हो ।

चोरी कसूरमा सम्मानित मोरङ जिल्ला अदालतको आदेशले ३ जना पुर्पक्षको लागि कारागार चलान भएको र १ जना धरौटी राखी छुटेको मोरंग प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा मोरङ ग्रामथान गाँउपालिका वडा न.५ बस्ने ४० वर्षीय को दिलिप कुमार चौधरी, सोही ठाउँ बस्ने २८ वर्षीय ईरज धामी, जिल्ला सर्लाही लालबन्दी वडा २ पुनरबास टोल बस्ने ३५ वर्षीय मिथुन पासवान, सर्लाही ईश्वरपुर. वडा न.५ नरेशखोर टोल बस्ने २६ वर्षीय मिथिलेश महत्तो रहेका छन्।

मोरङ जिल्ला अदालतको आदेशले प्रतिवादी दिलिप कुमार चौधरी, ईरज धामी र मिथुन पासवानलाई पुर्पक्षको लागी कारागार चलान गरिएको र प्रतिवादी मिथिलेश महत्तो दुई लाख धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *