इन्द्रपुर जेसिज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रम

एलएन गच्छदार
सुन्दरहरैंचा / भदौं १९ गते

इन्द्रपुर जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण समारोह मंगलबार मंगल स्मृति प्रतिष्ठान जेसिज हलमा सम्पन्न भएको छ । गत भदौ १३ गतेदेखि सुरु भएको जेसीज सप्ताहको एक समारोहका बीच सम्पन्न भएको छ । जेसीज सप्ताह अन्तर्गत जेसिज भिलेजमा घर हस्तान्तरण , उत्प्रेरणात्मक कार्यक्रम, मैत्रीपूर्ण फुटसल, वक्तृत्व कला प्रतियोगिता तथा तिज बिशेष कार्यक्रम लगायात कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको अध्यक्ष उत्सव थापाले जानकारी दिए ।

समापन समारोहलाई सम्बोधन गर्दै निवर्तमान नगर प्रमुख शिवप्रसाद ढकालले देशमा दक्ष जनशक्तिले युवाहरु भरिपूर्ण भएपनि बिदेशिनु पर्नु चिन्ताको विषय रहेको बताएका छन् । युवा जनशक्तिले भरिपूर्ण छ तर पछाडी परेको छ यसले हामी सबैलाई सोच्न बाध्य बनाएको उनले भने । देश विकासका लागि हामी सबैले हातेमालो गरी अगाडी बढ्नुको विकल्प नरहेको बताए । इन्द्रपुर जेसिजको पुर्व अध्यक्ष समेत रहेका ढकालले आफ्ना अनुभव बताउदै आफुलाई पूर्ण ब्यबस्थापन सहित युवाहरु सामाजिक रुपान्तरण लाग्नु पर्ने बताए।

निवर्तमान नगर प्रमुख ढकालले इन्द्रपुर जेसिजको आफ्नै भवन रहेपनि हल भित्र एसी जडान गर्नुपर्ने बिषयमा नगरपालिकाको ध्यानाकर्षण गर्दै आफ्नो कार्यकालमा जेसिजको भवन निर्माणका लागि ३५ लाख बजेट बिनियोजन गरेको बताए। हल भित्र एसी बिनाको कार्यक्रम गर्न समस्या भएको र हलको समेत भाडा उठन छोडेको बिषयमा चिन्ता व्यक्त गर्दै नगरसंग दरो समन्वयन गरेर एसी जडान गर्न आवश्यक रहेको बताए।

त्यसैगरी सो कार्यक्रममा उधोग बाणिज्य संघका अध्यक्ष नारायण कार्कीले जेसीज सकारात्मक सोचका साथ अगाडी बढेको बताउदैं उनले जेसीजलाई नजिकबाट बुझ्न सके धेरै कुरा जान्न सकिने बताए । जेसीजले युवाहरुलाई अगाडी बढाउने काम गरिरहेको बताए । जेसिज भिलेज निर्माण कार्यमा उलेखनीय भूमिका निर्वाह गर्दै आफु पनि जेसिजकै प्रोडक्ट रहेको बताए।

सताहब्यापी कार्यक्रममा बिभिन्न विधामा भएका प्रतियोतिमा भाग लिएर उत्कृष्ट भएकालाई पुरस्कार समेत बितरण गरेको थियो। त्यसै गरि वक्तृत्व कला प्रतियोगितामा १२ वटा बिधालय सहभागी भएका थिए। प्रथम हुने सुबिजिमुरका सोनिमा थापा, द्धितीय हुनेमा सिद्धार्थ माविका युबसन बस्नेत र तृतीय हुनेमा श्री इन्द्रपुर माविका सृष्टिका ढकाललाई सो सप्ताहब्यापी समापन समारोहमा नगद पुरस्कार तथा ट्रफी वितरण गरेको थियो।
साताव्यापी कार्यक्रम अन्तर्गत समाजिक उतरदायित्व पुरा गर्दै इन्द्रपुर जेसिजले मोरंग सुन्दरहरैंचा नगरपालिका वडा १ जेसिज भिलेजमा बिपन्न एकल महिला जितनी ऋषिदेवलाई घर निर्माण गरी हस्तान्तरण गरेको थियो । जुन जेसिजको ड्रिम प्रोजेक्ट रहेको जेसिजका अध्यक्ष उत्सव थापाले बताए।

जेसिज सप्ताह अन्तरगतको दोस्रो कार्यक्रम इन्द्रपुर जेसीज र सुन्दरहरैचा उधोग वाणिज्य संघ विच हुने “मैत्रीपूर्ण फुटसल ” सम्पन्न भएको थियो । इन्द्रपुर जेसिज नगरमै सामाजिक उतरदायित्व पुरा गर्दै रचनात्मक र सकारात्मक कार्य गर्दै आएको छ भने देशको जनशक्ति उत्पादन गर्नमा महत्वपूर्ण भूमिका समेत निर्वाह गरेको छ। यस्ता प्रशंसनिय कार्यको खुलेर समेत चर्चा गर्न सकिन्छ।

सो समापन कार्यक्रममा समापन तथा धन्यबाद मन्तव्य व्यक्त गर्दै इन्द्रपुर् जेसिजका अध्यक्ष थापाले जेसिज मनहरु र सहयोगी हातहरु प्रति धन्यबाद र आभार व्यक्त गरे।

कार्यक्रमको संचालन महासचिव आकाश दुलालले संचालन गरेका थिए भने जेसिज भिलेज घर हस्तान्तरण कार्यक्रमको संयोजक पार्वती गच्छदार, मैत्रीपूर्ण फुटसल प्रतियोगिताको संयोजक दिवस रिजाल, वक्तृत्व कला प्रतियोगिताका कार्यक्रम संयोजक प्रान्जल ढकाल, उत्प्रेरणात्मक कार्यक्रमको संयोजक अजित बान्तवा, भोजन शिष्टाचार कार्यक्रम संयोजक धारणा खनाल, समापन तथा पुरस्कार कार्यक्रम संयोजक निर्मल अधिकारी र साताव्यापी कार्यक्रम संयोजक समिर बस्नेत रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *