नेपाल सोसाइटी अफ अब्सटेट्रिक्स एण्ड गाइनेकोलोजीबाट नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसुती तथा स्त्रीरोग विभाग सम्मानित

मातृ तथा नवजात शिशु मृत्यु दर घटाउन मृत्युका कारण पहिचान, विश्लेषण र सुधारात्मक कदम चाल्न नेपाल सरकारले लागु गरेको मातृ तथा नवजात शिशु मृत्यु निगरानी तथा प्रतिकार्य प्रणाली [MPDSR] अन्तर्गत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसुती तथा स्त्रीरोग विभागले गरेको प्रतिबद्धता र प्रभावकारी कार्य प्रति नेपाल सोसाइटी अफ अब्सटेट्रिक्स एण्ड गाइनेकोलोजी (NESOG) ले MPDSR को प्रभावकारी कार्यान्वयनमा उत्कृष्ट योगदान पुर्याएकाेमा सम्मान प्रदान गरेको छ। सम्मान प्रसुती तथा स्त्रीरोग विभागका प्रमुख प्रा. डा. शान्ती सुवेदीले ग्रहण गर्नु भएकाे थियाे ।
यो सम्मानले नोबेल मेडिकल कलेजलाई मातृ तथा नवजात स्वास्थ्य सुधारका लागि थप प्रेरणा र जिम्मेवारी दिएको छ। यसले अन्य स्वास्थ्य संस्थाहरूलाई पनि MPDSR प्रणालीलाई प्रभावकारी बनाउँदै मातृ तथा नवजात मृत्यु दर घटाउन सक्रिय हुन थप प्रेरणा प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *