सय दिने प्रगति सार्वजनिक गर्दै प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिनको प्रगतिबारे जानकारी गराउँदै छन् । गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले मन्त्रीहरूले बुझाएका प्रगति विवरणलाई समेटेर आज दिउँसो सिंहदरबारमा सरकारको उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।
कांग्रेस-एमाले गठबन्धनको सत्ता सहयात्रामा लोसपा, जसपा र नाउपा सहभागी छन् । प्रधानमन्त्री ओलीले चौथो कार्यकालमा सरकारको प्राथमिकता आर्थिक सुधार, पूर्वाधार विकास र सेवाप्रवाहमा सुधार भएको बताउँदै आए पनि सर्वसाधारणले सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
विपत व्यवस्थापन, महँगी नियन्त्रण, भ्रष्टाचार नियन्त्रणजस्ता विषयमा सरकारको काम प्रभावकारी नभएको भन्दै आलोचना हुँदै आएको छ । असोज १२ गतेको प्राकृतिक विपतमा सरकारको भूमिका पर्याप्त नभएको गुनासो पनि उस्तै छ ।
