दाताको सहयोगमा १२० बिद्यार्थीलाई न्यानो कपडा वितरण

दाताको सहयोगमा १२० बिद्यार्थीलाई न्यानो कपडा वितरण
पथरी शनिश्चरे समाचारदाता- माघ-४ गते
मोरङको पथरीशनिश्चरे वडा नं १० मा रहेको जालपादेवि आधारभुत बिद्यालयका विद्यार्थिलाई न्यानो कपडा बितरण गरिएको छ । कक्षा १ देखि ८ कक्षासम्मका १ सय २० विद्यार्थिलाई न्यानो कपडा बितरण गरिएको हो ।

देवराज थापा, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोख्रेल, डांस मोरङ्गि सामुदायिक बनका अध्यक्ष हरि निरौला, अमेरिका निवासी प्रदिप कट्वाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पाख्रिन, नरेन्द्र गुरुङ, खगेन्द्र बहादुर थापा, सन्तोष कठायत, नवीन श्रेष्ठ/ हेमा भट्टराई, मिना कुमारि तामाङ, नरेन्द्र योञ्जन, उमेश कार्कि र खगेन्द्र खड्काले करिव १ लाख ६२ हजार रुपैया आर्थिक सहयोग गरि उक्त कपडा उपलब्ध गराएका थिए । उक्त रकमले १२० थान ट्रयाकसुट र भेष्ट खरिद गरि आज बिद्यार्थिलाई बितरण गरिएको थियो । कपडा वितरण कार्यक्रममा पथरीशनिश्चरे नगरप्रमुख मोहनप्रसाद तुम्वापो, वडाका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *