पथरी नगर अस्पतालमा दन्त उपचार सेवा थप

पथरी नगर अस्पतालमा दन्त उपचार सेवा थप
पथरिशनिश्चरे,समाचारदाता,माघ-४ गते
पथरी शनिश्चरे- २ मा रहेको पथरी नगर अस्पतालमा आकस्मिक तथा नियमित दन्त सेवा थप संचालन आएको छ।
आज शुक्रबार पथरी नगर अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बीच उक्त उपचार सेवा शुभारम्भ भएको हो।
कार्यक्रम पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले दन्त सेवा कक्षको रिबन काटेर उद्घाटन गर्नु भएको थियो।
यस उक्त अस्पतालबाट हाल (वि.सं.२०७८ मंसीर -०१ गतेदेखि) विस्तारित स्वास्थ्य सेवा (EHS) मार्फत् प्रादेशिक अस्पताल मदन भण्डारी ट्रमा सेन्टरका बिशेषज्ञ चिकित्सकहरुवाट हाडजोर्नी बिशेषज्ञ सेवा, फिजिसियन सेवा, स्त्री तथा प्रसुति रोग, बाल रोग, जेनेरल सर्जरी, छाला तथा यौन रोग, मानसिक तथा नशारोग विशेषज्ञ, नाक कान घाँटी रोग बिशेषज्ञ लगायत ७ वटा बिशेषज्ञ सेवा , फिजियोथेरापी सेवा , बिराटनगर आँखा अस्पतालको सहकार्यमा आँखा सेवा लगायतका सेवाहरु उपलब्ध गराइरहेको नगर स्वास्थ्य शाखाका प्रमुख मुरारी प्रसाद आचार्यले जानकारी दिनुभयो। उहाँले दन्त चिकित्सा सेवा पनि थप संचालनमा ल्याइएको उल्लेख गर्नुभयो।
नगर प्रमुख मोहन प्रसाद तुम्बापोको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा पथरिशनिश्चरे नगरपालिकाकी उप- प्रमुख देविमाया काफ्ले, संविधानसभाका सभासद् द्वय चण्डीप्रसाद राई र लालबहादुर सुस्लिङ मगर , नगरप्रवक्ता तथा वडा नं -८ का वडा अध्यक्ष नवीनजंग कार्की, वडाध्यक्षहरू क्रमश:भीमकुमार राई, विजय लिम्बु, लोक किरण न्यौपाने, चेतेन्द्र खड्का, उद्धवराज बस्नेत , जीवन कुमार खतिवडा ,पूर्व मेयर दिलिप कुमार राई, पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेत, माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी र सामुदायिक विद्यालय व्यवस्थापन महासंघ पथरी शनिश्चरेका अध्यक्ष युवराज बास्कोटा, लगायत विभिन्न संघसंस्था तथा पार्टी प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *