ब्राइट फ्युचरको स्पोर्ट्स मिट २०८१ शुभारम्भ
ब्राइट फ्युचरको स्पोर्ट्स मिट
सुन्दरहरैंचा नगरपालिका वडा- ८, सलकपुरमा रहेको ब्राइट फ्युचर सेकेण्डरी स्कुलको स्पोर्ट्स मीट २०८१ शुभारम्भ भएको छ । माघ ३ गते बिहिबार देखि सुरू भएको उक्त प्रतियोगिता ३ दिन सम्म चल्ने विद्यालयका प्रिन्सिपल टिकाराम ढकालले बताए ।
विद्यार्थीहरूमा पठनपाठन संगै शारीरिक सवेगात्मक बिकाससंगै महत्वपूर्ण फाइदा पुर्याउने र अतिरिक्त क्रियाकलापले बिधार्थी क्षमता बिकासमा थप टेवा पुग्ने प्रिन्सिपल ढकालले बताए । शारीरिक स्वास्थ्य सुधार्न र तन्दुरुस्त रहन मद्दत पुर्याउँनुका साथै विभिन्न खेलकुद गतिविधिहरूमा सहभागी भएर विद्यार्थीहरूले आफ्नो सहकार्य, नेतृत्व क्षमता र टोली भावना पनि विकास गर्न सक्नुका साथै, खेलकुद प्रतिस्पर्धामा भाग लिनाले आत्मविश्वास र आत्मसम्मानमा वृद्धि हुने बिषयमा मदत पुग्ने बताए।





