उर्लाबारी भेट्रान फाइलनमा प्रवेश

पथरी शनिश्चरे : उर्लाबारी भेट्रान मोरङको पथरीशनिश्चरेमा जारी प्रथम वडा अध्यक्ष भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमी फाइनल खेलमा उर्लाबारी मोरङले बिराट भेट्रान सुन्दरहरैचालाई- ४—१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

उर्लाबारीका लागि खेम पोख्रेलले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरेका थिए भने अर्को गोल सन्तोष राईले हानेका थिए । बिराट भेट्रानको तर्फबाट सुरज प्रधानले एक गोल फर्काएका थिए । खेलको म्यान अफ द भेट्रान बिजेता उर्लाबारीको खेम पोख्रेल घोषित भए ।

म्यान आफ द भेट्रान खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि शैक्षिक अभियानता समाजसेबी प्रदीपकुमार राई र आयोजक समितिका अध्यक्ष टिकाराम राईको हातबाट मेडल र नगद पुरस्कार प्रदान गरिएको थियो । भोलीको अन्तिम सेमिफाइनल खेल आयोजक पथरीशनिश्चरे भेट्रान र सतिसाले केराबारी मोरङवीच हुने आयोजक दीपक पुलामी मगरले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *