रंगटोली गोल्डमा बिराट मेघा स्पोर्ट्स एकेडेमी एपीएफलाई हराउँदै सेमिफाइनलमा प्रवेश
रंगटोली गोल्डमा बिराट मेघा स्पोर्ट्स एकेडेमी एपीएफलाई हराउँदै सेमिफाइनलमा प्रवेश
एलएन गच्छदार
कार्तिक २५ गते
मोरङको ग्रामथान गाउँपालिका वडा -३ को लक्ष्मी आधारभुत विद्यालयको खेलमैदानमा जारी प्रथम रंगटोली गोल्ड कपको आइतबार भएको खेलमा बिराट मेघा स्पोर्ट्स एकेडेमी एपीएफ नेपाल पकलीलाई ट्राइब्रेकरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेका छन।
दोस्रो हाफमा बिराट मेघाको तर्फबाट हरी खवासले आफ्नो टिमको तर्फबाट जाली चुमाउदैं १ गोल गरेका थिए भने खेल समाप्तिको अन्तिम तिर एपीएफको तर्फबाट धन बहादुर श्रेष्ठले १ गोल फर्काएपछी बराबरी हुन पुगेको थियो।
ट्राइबेक्ररमा बिराट मेघा र एपीएफलाई ५-४ गोलको मतान्तरणले अघि बढ्दै सेमिफाइनल प्रवेश गरेको हो।
आज भएको खेलमा म्यान अफ द म्याच बिराट मेघाको तर्फबाट गोल रक्षक निशान मगरले पाएका छन।
सेमिफाइनल खेल भने बिराट मेघा र पूर्वान्चल युनाईटेड गोठगाउँ बिच मंगलबार हुनेछ भने भोलि सोमबार घरेलु टिम रंगटोली यूवा क्लब ब्ल्याक डाइमण्ड र सिमरिया फुटबल क्लब दुहबी बिच हुनेछ।
सो खेलको प्रथम पुरस्कार राशी १ लाख १ हजार नगद तथा ट्रफी, मेडल र दोश्रो पुरस्कार राशी ५१ हजार नगद तथा ट्रफी, मेडल रहनेछ।





