ओम सितार जम्बुलिङ बज्र गुम्बा, व्यवस्थापनमा शिविर


पथरी शनिश्चरे समाचारदाता,कार्तिक -२५ गते
माेरङ्गकाे पथरी शनिश्चरे-१० काे नेपाल तामाङ लामा गेदुनको आयोजनामा ओम सितार जम्बुलिङ बज्र गुम्बा, व्यवस्थापनमा शिविर डाँडामा यही मंसिर २ गतेदेखि ८ गतेसम्म एक हप्ते बौद्ध धर्म परम्पराअनुसार विभिन्न धार्मिक अनुष्ठान गर्ने भएको छ।
आज आईतबार उक्त गुम्बामा आयोजित एक पत्रकार सम्मेलनमार्फत ओम सितार जम्बुलिङ बज्र‌‌‌ गुम्बाका सल्लाहकार चन्द्र कुमार घिसिङले सोको जानकारी दिनुभएको हो।
उहाँका अनुसार भारतको सिक्किमबाट पाल्नुहुने बौद्ध धर्मका गुरू टुल्कु रिग्देन रिन्पोछेको विशेष आतिथ्यतामा देव अवतरण दिवसको अवसरमा महायान बौद्ध धर्म अन्तर्गत मंसिर -२ गते शिल ( धर्म अनुसार नियमहरु) , ३ गते शिल (धर्मका नियमहरू लागु) , ४ गते ३ दिने कुम्पा ( मौन ब्रत) , ५ गते ञ्युङने समापन ( ब्रत सम्पन्न) , ६ गते ३६ प्रकारका लामा छाम नाच प्रस्तुत र ७ गते छोर्तेन राप्ने ( नव निर्मित माने/ छोर्तेन( प्राण प्रतिष्ठाको उद्घाटन) र भोलिपल्ट मंसीर ०८ गते धर्म गुरू रिन्पोछेबाट धार्मिक प्रवचन दिनुहुँदै जानकारी दिनुभयो।
नेपाल तामाङ लामा गेदुनका केन्द्रीय अध्यक्ष धर्मगुरु लामा पाल्दिन योन्जनको समेत उपस्थिति रहने उक्त धार्मिक अनुष्ठान कोशी प्रदेश स्तरीय रहेको जानकारी दिईयो।
उक्त सम्मेलनमा वडा नं १ शिखरचोक घर भई हाल सिक्किममा बौद्ध धर्म- संस्कार अध्ययन गरिरहनु भएका नवअवतारी लामा गुरु टुल्कु साङ्गे दोर्जे योञ्जनलाई अभिषेक गरिने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *