थारु पत्रकार संघ नेपाल मोरङ शाखामा संजय चौधरीको नेतृत्वमा नयाँ समिति चयन

थारु पत्रकार संघ नेपाल मोरङ शाखामा संजय चौधरीको नेतृत्वमा नयाँ समिति चयन

सुन्दरहरैंचा/मोरङ फागुन १७ गते – थारु पत्रकार संघ नेपाल मोरङ शाखाको चौथो अधिवेशन ग्रामथान गाउँपालिका वडा नम्बर ७ नेताचोक स्थित क्युडी डिजिटलमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा संजय चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

नयाँ कार्यसमितिमा सुरजकला माझी उपाध्यक्ष, निरज चौधरी सचिव, सुरज माझी सहसचिव, धर्म नारायण चौधरी कोषाध्यक्ष चयन भएका छन्। त्यस्तै कवल विश्वास, कृष्ण माझी, दिपेश भगत, महेश्वलाल माझी मण्डल सदस्यका रूपमा चयन भएका छन्।

साथै, संघको केन्द्रिय प्रतिनिधित्वका लागि अध्यक्ष अनिवार्य रहने गरी थप दुईजना प्रतिनिधि समेत चयन गरिएको छ। नवनिर्वाचित  अध्यक्ष चौधरी सहित मिना विश्वास र कृष्ण माझीलाई केन्द्रिय अधिवेशनमा पठाउने निर्णय गरिएको छ।

समितिको चयन थारु पत्रकार संघ नेपालका केन्द्रिय सचिव लिलानाथ गच्छदार को उपस्थितिमा सम्पन्न भएको थियो।

नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै गच्छदारले थारु समुदायको पत्रकारितालाई अझ सशक्त बनाउन नवगठित समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नवनिर्वाचित अध्यक्ष संजय चौधरीले कार्यकालभरी पत्रकारहरुको हकहित, क्षमता अभिवृद्धि, र समुदायको आवाज बुलन्द पार्ने प्रतिबद्धता व्यक्त गरे। साथै, संघलाई अझ क्रियाशील र प्रभावकारी बनाउन सबै सदस्यहरू एकजुट भएर अघि बढ्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *