सुन्दरहरैंचामा एनप्याब्सन विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता भोलि शुक्रबार हुने

एलएन गच्छदार

सुन्दरहरैंचा माघ २५ गते

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) सुन्दरहरैंचा नगर कार्यसमितिले भोलि शुक्रबार माघ २६ गते एनप्याब्सन नगर विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आज (बिहिबार ) मंगल स्मृति प्रतिष्ठान हल बिराटचौकमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै नगर अध्यक्ष सुरेशकुमार खबासले प्रतियोगितामा प्रस्तुत हुने नृत्य र गीत, संगीत नेपाली लोककला, रीतिरिवाज साथै सम्बन्धित संस्कृतिको मौलिकता झल्कने हुनुपर्ने बताए ।

पत्रकार सम्मेलनमा कला र संस्कृति नै देशको धरोहर हो भन्दै उनले त्यसको जगेर्ना र संरक्षण गर्न प्रतियोगिताको आयोजना गरिएको स्पष्ट पारे । उनले प्रतियोगितामा प्रथम द्धितीय र तृतीय र हुनेलाई हजा नगद सहित पुरस्कारको साथमा प्रमाणपत्र तथा ट्रफी प्रदान गरी पुरस्कृत गरिने पनि जानकारी दिए । सान्त्वना स्थानसम्मको नृत्यलाई ट्रफी र प्रमाणपत्र दिइनेछ ।

नर्सरी देखि २ सम्म जुनियर र कक्षा ३ देखि ८ सम्म सिनियर गरी १७ वटा एनप्याबसन आवद्ध विद्यालय रहेका छन।

बिद्यार्थीको प्रतिभा प्रस्पुटन र क्षमता बिकास गरी कला र संस्कृतिको सम्मान गर्नका लागी आयोजना गरिएको कार्यक्रम प्रति एनब्यासन प्रदेश सह-सचिव कमल खनालले क्रार्यक्रमको भब्य सफलताको शुभकामना दिएका छन्  ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ