क्वेस्ट इंग्लिस सेकेन्डरी स्कुल मा ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी सचेतना
एलएन गच्छदार / फागुन १९ गते– “सुरक्षित यात्रा, जिम्मेवार नागरिक!” भन्ने नाराका साथ मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा रहेको क्वेस्ट इंग्लिस सेकेन्डरी स्कुल मा ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी सचेतना सत्र सम्पन्न भएको छ।
कार्यक्रममा विद्यार्थीहरूलाई ट्राफिक नियम, सडकमा हिँड्दा अपनाउनुपर्ने सावधानी, सुरक्षित यात्राका उपायहरू, हेलमेट तथा सिट बेल्टको महत्व लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो।
सचेतना सत्रमा ट्राफिक प्रहरीका प्रतिनिधिहरूले विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्दै व्यावहारिक जानकारीसमेत दिएका थिए। सहभागी विद्यार्थीहरूले कार्यक्रम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन्।
विद्यालय प्रिन्सिपल दिपक क्षेत्रीका अनुसार यस्ता कार्यक्रमहरू नियमित रुपमा आयोजना गरी विद्यार्थीहरूलाई सुरक्षित यात्राका लागि सचेत बनाउने लक्ष्य राखिएको छ।
