बेतना सिमसारका २ वटा पोखरी सुक्न थालेपछि धमाधम मर्न थाले माछा,हजारौ बिगाह जमिनमा सिँचाईको समस्या
नरेन्द्र बस्नेत बेलबारी ।
मोरङको बेलबारी ४ मा रहेको बेतना सिमसारमा रहेका २ वटा पोखरी सुक्न थालेका छन भने पोखरीमा रहेका माछाहरु समेत धमाधम मर्न थालेका छन ।
पछिल्ले केही दिनयता पोखरीमा रहेको पानी निरन्तर सुकिरहेको छ भने २ दिनयता पोखरीमा रहेका माछाहरु समेत मर्न थालेका छन । पोखरीमा रहेको पानीको सतह घटेपछि सोही पोखरीबाट ६ वटा पैनी हुँदै १२ सय बिगाह बढी खेतीमा गरिएको सिँचाई समेत नहुँदा धान लगायतका बालीनाली सुक्न थालेका छन ।
किसानहरुको लगाएको धानी लगायतका बालीनालीमा पानी नहुँदा बालीनाली सुक्न थालेको किसानहरुले गुनासो गरेका छन । दिनप्रतिदिन पोखरीको पानी सुक्दै गएपछि किसानहरुमा थप चिन्ता थपिएको छ । पोखरीमै रहेका जरुवा पानीका मुल र अन्यत्रबाट बगेर आउने पानी समेत सुकेका छन । लामो समयसम्म पानी नपरेपछि पानीको मुहान सुक्न थालेको जानकारहरु बताउँछन ।
पछिल्लो एक महिनायता पानी नपरेपछि सबै मुलहरु सुकेको र पोखरीमा पानीको सतह घटेपछि थप चिन्ता थपिएको बेतना सिमासार सामुदायिक बन उपभोत्ता समुहका सह सचिब राजन प्रसाँई बताउँछन । उनले पोखरीमा पानीको सतह घटदै जानु र माछाहरु मर्न थालेपछि समस्याको समाधानका लागि पहल भईरहेको समेत बताएका छन ।
