सवारी ज्यान पेन्डीङ मुद्धाका फरार प्रतिवादी १९ बर्ष पछी पक्राउ

बिराटनगर : सवारी ज्यान पेन्डीङ मुद्धाका फरार रहेका प्रतिवादी १९ बर्ष पछी पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मेचिनगर नगरपालिका ११ बस्ने ५४ बर्षीय बन काईलो भन्ने नर बहादुर भुजेल रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउसो ११ बजे घर वतनमानै लुकी छिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
मिति २०६२ साल फागुन ९ गते बिहान साँढे ७ बजे भुजेलले चलाएको मे १ त ७३७ नम्बरको ट्याक्टरबाट सोही ट्याक्टरका सहचालक टेकेन्द्र लिम्बु (ताम्लिङ) सडकमा खस्दा सोही ट्याक्टरले किच्दा लिम्बुको घटनास्थलमानै मृत्यु भएको थियो ।
सोही घटनाबाट फरार रहेका ट्याक्टर चालक भुजेल १९ बर्ष पछी पक्राउ परेका हुन् । पक्राउ परेका भुजेलको हिजोनै सम्मानित जिल्ला अदालत झापाबाट म्याद थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।





