भण्टाबारी सीमा नाकाबाट युवतीको उद्धार, दुई जना पक्राउ

देवराज यादव।

भन्टाबारी सुनसरीको कोशी गाउँपालीका-८ भण्टाबारी सीमा नाकाबाट युवतीको उद्धार गरिएको छ । युवतीलाई बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लाँदै गरेको अवस्थामा दुई जनालाई सशस्त्र प्रहरी बल भण्टाबारीले नियन्त्रणमा समेत लिएको हो।

झापाको शिवसताक्षी नगरपालिका-२ की १७ वषिर्या एक युवतीलाई भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरी भण्टाबारीले शंका लागेर सोधपुछ गर्न क्रममा भारत बिहार राज्यको सुपौल जिल्ला बीरपुरका २८ वर्षिय नयनकुमार यादव र उदयपुर जिल्ला ठोक्सिला ९ बस्ने २४ वर्षिय उज्जवल खड्कालाई नियन्त्रणमा लिएका छन् ।सशस्त्र प्रहरीले युवतीको उद्धार र बेचबिखन गर्न लाँदै गरेका यादव र खड्कालाई नेपाल प्रहरीको जिम्मा लगाइएको कोसी गाउँपालिका ८ भण्टाबारीको सीमा नाकामा अवस्थित सूचना केन्द्रका कर्मचारी पहलाद आलमले जानकारी दिनुभयो ।

कामको बहानामा ललाईफकाई बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लाँदै गर्दा सीमामा तैनाथ सुरक्षाकर्मीको सहयोगमा बेचबिखनमा परेकी युवतीको उद्धार गर्न सफल भएको आलमको भनाइ छ ।यसबारे प्रतिक्रिया दिँदै सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले पक्राउ परेका व्यक्तिहरुमाथि अनुसन्धान भइरहेको बताउँदै पीडित पक्षले दिएको उजुरीको आधारमा प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो पक्राउ परेका व्यक्तिहरु दोषी देखिएमा कानुन अनुसार कारबाही गरिने प्रतिकृया दिनुभयो ।

नेपालबाट विभिन्न प्रलोभन देखाएर लाने विभिन्न उमेर समूहका बालबालिका इट्टा भट्टा, तरकारी खेतीमा लगाउने गरिएको छ भने युवावर्गलाई शारीरिक बन्धक बनाई होटेल, रिसोर्ट, वेश्यावृती लगायतका काम लगाउने गरिएको बताइएको छ । मानव बेचबिखनका घटना बढेपछि कोशी गाउँपालीकाको कार्यालयले सीमा नाकामा सूचना केन्द्र स्थापना गरी निगरानी गर्दै आएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *