हात्ती आक्रमणमा सुन्दरहरैंचा नगरपालिकामा ६१ बर्षीय चन्द्रकुमारीको मृत्यु

#sadnewsupdate : हात्तीको आक्रमणबाट सुन्दरहरैंचामा ६१ बर्षीय चन्द्रकुमारीको मृत्यु
जंगली हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैंचा – ५ गुरुङ टोल निवासी ६१ बर्षीय चन्द्रकुमारी लिम्बुको मृत्यु भएको छ । बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ ।

सुन्दरहरैंचा – ५ का वडा अध्यक्ष गणेश चौधरी अनुसार सोमबार साँझ नमुना सामुदायिक वनको जङ्गलमा लिम्बुलाई हात्तीले आक्रमण गरेको थियो ।उनी दिउँसो दाउरा खोज्न जङ्गल गएका थिए। साँझसम्म घर नफर्किएपछि बिहान खोजी गर्ने क्रममा उनलाई जङ्गलमै मृत भेटाएको वडाअध्यक्ष गणेश चौधरीले बताए।

नमुना सामुदायिक वनमा १३ वटा जंगली हात्ती रहेको र स्थानीयहरुलाई रातभर दुख दिएको उनले बताए। जंगली हात्तीको त्रासले गर्दा उक्त स्थानका मानिसहरु रातभर जाग्राम बस्नु परेको बताए।

करिव दुई साता अघिमात्र सुन्दरहरैंचा नगरपालिका -७ स्थित सृजना सामुदायिक वनमा दाउरा खोज्न गएकी ४० वर्षीय गंगा श्रेष्ठको पनि हात्तीको आक्रमणबाट ज्यान गएको थियो। कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा केही समययता जंगली हात्तीले मान्छेमाथि आक्रण गर्ने,अन्न बाली खाने तथा घर भत्काउने गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *