वर्षाका कारण जनधनको क्षति भएका नागरिकलाई तत्काल राहत तथा क्षतिपुर्तिको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल कुमार शर्माले अबिरल वर्षाका कारण जनधनको क्षति भएका नागरिकलाई तत्काल राहत तथा क्षतिपुर्तिको माग गरेका छन् । मोरङ क्षेत्र नं. ३ का सांसद डा. शर्माले देशभर परेको अबिरल वर्षाका कारण आफ्नो क्षेत्रमा रहेका खोलाहरुमा पानीको बहाब अत्याधिक भई बाढी पहिरोका कारण क्षति पुगेकोले तत्काल राहत तथा क्षतिपुर्ति माग गरेका हुन् । 

सांसद शर्माका स्वकीय सचिब विवेक लिम्बुले विज्ञप्ति जारी गर्दै मोरङ क्षेत्र नं. ३ मा रहेका बक्राहा, डाँस, चिसाङ, लोहन्द्रा खोला लगायत सानातिना खोल्साखोल्सीमा समेत पानीको बहाव अत्याधिक भई बाढीपहिरोले प्राकृतिक प्रकोप निम्त्याई कृषकको खेती, बालिनालीहरु क्षति भएको, विभिन्न बाटाहरु, पुल पुलेसाहरु तथा सार्वजनिक भौतिक संरचनाहरुमा क्षति पुगेकोले तत्काल स्थानीय सरकारसँग समन्वय गरी मर्मतसंहार र आवश्यक क्षतिपुर्तिको माग गरिएको बताएका छन् । 

साथै, सांसद शर्माले प्राकृतिक प्रकोपका कारण आइपरेको विषम परिस्थितिमा सबैजना आ–आफ्नो स्तरबाट सहयोगार्थ जुट्न अनुरोध गरेका छन् । भने, स्थानीय, प्रदेश र संघीय सरकारसँग क्षति भएका संरचनाहरुको पुर्ननिर्माण गर्न, कृषकलाई राहत तथा सहयोग र क्षतिपुर्ति दिलाउन सांसद शर्माले पहल गरिरहेको जनाएका छन् । असोज ११ र १२ गते परेको अबिरल वर्षाका कारण राजधानी काठमाडौं सँगै देशभर सयौंको जनधनको क्षति भएको छ । 
एक्सन खबरबाट संभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *