बिराटनगर बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

योगेन्द्र योगी


बिराटनगर : मोरङको बिराटनगर बसपार्क स्थितमा यात्रु सहायता कक्षको समुद्‍घाटन भएको छ । मंगलबार बिराटनगर बस पार्कमा आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यात्रु सहायता कक्षको समुद्‍घाटन गरेका छन्।

यात्रु सहायता कक्षको उद्‍घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख प्रहरी नायव महानिरीक्षक खापुङले प्रहरी चौविसै घण्टा परिचान भई शान्ति सुरक्षा प्रदान गर्दै आईरहेकोमा बिशेष गरी चाडपर्वको समयमा मानिसहरुको आवात जावत बढी हुने हुँदा सुरक्षाको लागि थप प्रहरी परिचालन गरिनुका साथै बसपार्कहरुमा यात्रु सहायता कक्षको स्थापना गरिएको बताए।

साथै उनले आम नेपालीहरुको चाडपर्व सुखदायी तथा सुरक्षित बनाउन यातायात व्यवसायी, यातायात मजदुर लगायत सबैको सहकार्य आवश्यक रहेको बताउदै १४ वटै जिल्ला स्थित बसपार्क तथा यात्रुहरुको वढी चाप हुने स्थानहरुमा बिगतमा झै यात्रु सहायता कक्षको स्थापना गरिने बताए।

कोशी प्रदेशका जिल्लाहरुका बिभिन्न स्थानमा पहिलो दिन ३७ स्थानमा यात्रु सहायता कक्षको स्थापना भएको छ । यात्राका क्रममा यात्रुहरुलाई कुनै प्रकारको असहज, असुरक्षित महसुस भएमा वा सामान छुटेमा नजिकैको यात्रु सहायता कक्ष अथवा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न समेत आग्रह गरेका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *