बेलबारीमा दुर्घटना हुँदा बोलेरो चालकको मृत्यु
मोरङको बेलबारी ३ स्थित पुरानो बेलबारी बेतना सिमसार छेउमा मंगलबार साँझ बस र बोलेरो ठोक्किँदा बोलेरो चालक बेलबारी ८ बस्ने कृष्ण थापाको मृत्यु भएको छ। पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख १४९० नम्बरको दिदीभाई बस र प्रदेश १- ०२-००१ ज ४२७७ नम्बरको पश्मिबाट पुर्बतर्फ आउँदै गरेको बोलेरो एकआपसमा ठोक्किदा दुर्घटना भएपछि न्युरो अस्पतालमा उपचारको क्रममा अन्दाजी ३६ वर्षीय कृष्ण थापाको मृत्यु भएको हो। दुर्घटनामा बोलेरो पुर्णरुपमा क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
