टाउकोको नसामा गम्भीर समस्या, सुमित्राको उपचारका लागी सहयोगको याचना
बैशाख २६,
सुन्दरहरैचा । टाउकोमा रगत जमेर अशक्त बनेकी १६ वर्षिया सुमित्रा भट्टको उपचारका लागि आवश्यक रकम नभएका कारण डाक्टरले भने अनुसार छोरीको उपचार गर्न नसकिएको भन्दै सुमित्राकी आमाले सहयोगको लागि याचना गरेकी छन ।
सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४मा डेरा गर्दै सामान्य चिया पसल गरेर परिवारको पालन पोषण र छोरीहरुलाई पढाउदै आएकी अम्बिका भट्टले भक्कानीदै छोरीको उपचारका लागि सहयोग जुटाइदिन आग्रह गरेकी हुन ।
संखुवासभाको पाँचखपनकी अम्बिकाका पति आथिक अवस्था कम्जोर भएकै कारण कमाई गर्न विदेश गएको समयमा उतै निधन भएको र छोरीहरुलाई आफुले दुःख गरेर पालनपोषण र पढाउदै आएको समयमा अचानक छोरी विरामी परेपछि कसरी उपचार गर्ने भन्ने थप चिन्ता वढेको छ । सुन्दरहरैचामा नै रहेको साजिलाल माविमा ओभरसिरको पहिलो सेमेष्टरमा अध्ययन गरिरहेकी सुमित्रालाई अचानक पेसरले नसा फुटेर टाउकोमा रगत जम्मेपछि यताका धेरै अस्पतालहरुमा लगेपनि उपचार सम्भव नभएको र चिकित्सकले भारत लैजानु भनेका कारण खर्च अभावमा घरमै राखेर हेरचाह मात्र गर्दै आएको अम्बिका सुनाउछिन ।
कमाइ गर्न गएका पतिको उतै विदेशमा निधन भएको र जेष्ठी छोरीको पनि निधनका कारण दुखि वन्दै आएकी अम्बिकालाई अचानक कान्छी छोरी पनि विरामी भएपछि कसरी उपचार खर्च जुटाउने भन्ने चिन्ताले समेत सताउने गरेको छ ।

अम्बिका भाडा बस्ने घरका घरधनी चुडामणी रेग्मी पनि अम्बिकाको आर्थिक अवस्था कम्जोर रहेका कारण आफुहरुले समेत सहयोग गर्दै आएको र अरु सहयोग मनहरुलाई समेत सुमित्राको उपचारका लागि सहयोग गरिदिन आग्रह गर्दछन ।
सुमित्रा लडेर अचेत भएपछि इटहरी , विराटनगरका केही स्वास्थ्य संस्थाहरुमा उपचारका लागि लगेपनि चिकित्सकहरुले उनको टाउकोमा रगत जमिसकेकाले भारतको सुविधा सम्पन्न अस्पताल लैजान भनेका कारण आर्थिक अवस्था कम्जोर रहेको भट्ट परिवार सहयोगीहरुका आशमा रहेका छन ।

सहयोग गर्न इच्छुक महान दाताहरूलाई निम्न खातामा सहयोग रकम रकमान्तर गरिदिनुहुन हार्दिक अनुरोध छ:-
खातावालाको नाम: उत्सव भट्ट
मोबाइल नं: ९८६२१५९८४६
सनराइज बैंक
खाता नं : ०२६०६८३८१३२०५००१
बिरामी आमाको सम्पर्क नं. ९८२७३१९५६१





