सुन्दरहरैचा नगरपालिकामा रहेको वैष्णवी दुर्गा माता मन्दिर प्रचारप्रसारको अभावमा

सुन्दरहरैचा । पुर्वपश्चिम राजमार्ग भन्दा करिव पाँच किलोमिटर दुरीमा रहेको मोरगंको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ६ मा रहेको वैष्णवी दुर्गा माता मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

  विक्रम संवत २०७०सालमा स्थानीयले रकम जुटाएर निर्माण गरेको मन्दिरको प्रचारप्रसार नभएका कारण भक्तजन देखि  सरकारी निकायको समेत नजरमा नपरेर ओझेलमा परेको स्थानीयले गुनासो गरेका हुन ।

    मन्दिर निर्माणका लागि स्थानीय रुद्र निरौलाले २कठ्ठा जग्गा दिएको र अहिले सम्म मन्दिरका लागि ७१लाख रुपैया खर्च भईसकेका भएपनि पुजारी वस्ने घर , शौचालय लगायतका निर्माण कार्यहरु सम्पन्न गर्न नसकिरहेको पुर्व जनिप्रतिनिधि समेत रहेका स्थानीय कृष्णप्रसाद चापागाइ वताउछन ।

उनले तत्कालिन समयमा दुर्गा पुजा लगाएर रकम संकलन गरि मन्दिर निर्माणका काम गरिदै आएको हाल सम्मको अवस्थामा आएको भएपनि सरोकारवालाहरुको नजर नपरेको गुनासो गरे ।

मन्दिरमा पुजाका लागि राखिएका पुजारीलाई समेत स्थानीयले रकम संकलन गरेर दिदै आएको समेत वताइयो । तर मन्दिरका लागि दाताले दिएको जमिन अझै रहेका कारण त्यहाँ धार्मिक कार्यक्रम साथै विवाह ,वर्तमन्न,  लगायतका सामाजिक  कार्यक्रम गर्नका लागि सभाहल सहितको भवन वनाउन सके स्थानीयलाई सहज हुने देखि लिएर मन्दिर सञ्चालनका लागि आम्दानीको स्रोत सम्म हुने देखिन्छ ।

सुन्दरहरैंचा नगरपालिका वडा ६ मा रहेको जय बैष्णदेवी दुर्गामाता मन्दिर विंस. २०७८ साल चैत्र २१ गते तत्कालीन नगरप्रमुख शिव प्रसाद ढकालको बाहुलीबाट मुर्ती अनावरण साथै मन्दिर समुदघाटन गरि सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *