झोराहाटको आदर्श पुस्तक पसलमा चोरी 

सुन्दरहरैंचा ।  मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा रहेको आदर्श पुस्तक एण्ड स्टेसनरी पसलमा चोरी भएको छ । सरस्वती नमुना उच्च माध्यमिक विद्यालयको सटहरमा रहेको पसलमा गएराति चोरी भएको हो ।

सटर माथिको टिन खोलेर चोरी भएको पसलका संचालक रन्जित सरदारले जानकारी दिए । उनका अनुसार अन्य सामान चोरी नभएपनि पसलमा भएको नगद १५ हजार चोरी भएको  छ ।

आज बिहान ६ बजे सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले सटर माथिको टिन खोलेको देखेपछि सरदारलाई जानकारी गराएका थिए ।चोरी भएको जानकारी पाएपछि प्रहरी चौकी झोराहाटले छानबिन सुरु गरेको जनाएको छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ