इटहरी उपमहानगरपालिकामा माइन्युट लेखन तालिम सम्पन्न

सुनसरी। पौष ५ गते

इटहरी उपमहनगरपालिकामा असल संस्कार र अभ्यासका लागि बाल क्लवका पदाधिकारी प्रतिनिधिलाई माइन्युट लेखन तालिम सम्पन्न गरेको छ। १९ नं. वडा बाल संजालले आयोजना गरेको सो कार्यक्रममा बिभिन्न सामुदायिक तथा संस्थागत बिधालयमा रहेका बाल क्लबका ६० जना  सदस्यले  तालिम लिएका छन।

बालबालिकाहरुमा यस्त किसिमको सिपले उनीहरुलाई अब्बल बनाउने, बैठक व्यवस्थापन, माइन्युट लेखनको अभ्यासले क्लब तथा संस्था सञ्चालनको सिप सेमत विकास हुने विश्वासका साथ तालिमको प्रशिक्षण एलएन गच्छदारले गरे ।

१९ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा संचालन भएको सो कार्यक्रममा बाल क्लबका सदस्यहरुको लागि माइन्युट लेखन तालिम कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बाल संजालका अध्यक्ष सुसान्त भट्टराईले बताए। उपमहानगरपालिका बालमैत्री स्थानीय शासन लागु भएको घोषणाको तयारीमा रहंदै गर्दा बालबालिका लक्षित कार्यक्रमहरुमा स्थानीय सरकारले चासो प्रकट गर्ने गरेको उनले बताए ।

पच्यांत रजत जयन्ति आधारभूत विधालयमा भएको सो कार्यक्रममा वडाका जनप्रतिनिधि इन्दिरा राई, शर्मिला विक, वडा बाल क्लबका संस्थापक सल्लाहकार लक्ष्मी केसी लगायतको उपस्थिति रहेको थियो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *