यामाहाद्वारा बिराटचोक माइलेज च्यालेन्ज र र्यालीको आयोजना

पुस १३, बिराटचोक

बिराटचोकका लागि यामाहाको स्कुटर तथा मोटरसाइकलको आधिकारिक बिक्रेता बि. एण्ड बि. अटो ट्रेडर्स प्रा.लि. ले यहि पुस १३ गते यामाहा RayZR 125 FI Hybrid को माईलेज च्यालेन्ज र र्याली सफलतापुर्वक सम्पन्न गरेको छ।
कम्पनीले यामाहा RayZR 125 FI Hybrid लाई नेपालभरको स्कुटर सेग्मेन्टमा सबैभन्दा उच्च माईलेज दिने स्कुटर भन्दै दाबी गर्दै आएको कुरालाई सत्य साबित गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो। यामाहा RayZR 125 FI Hybrid लाई जस्तोसुकै भू-भागमा पनि सजिलै चलाउन सकिने र अरु कम्पनीका स्कुटरको तुलनामा उच्च माईलेज दिने कुरा प्रमाणित गर्न कम्पनीले सुन्दरहरैचा, बेलबारि, केराबारी, ग्रामथान, कानेपोखरी,लेटाङ लगायको पालिकाहरु बाट आफ्ना ४० भन्दा बढी RayZR 125 FI Hybrid का ग्राहकहरुलाई माइलेज च्यालेन्जमा सहभागी गराएको थियो।
कार्यक्रम यामाहा शोरुम बिराटचोकबाट सुरु भएर होटल ड्रिम गार्डेन पुष्पलालचोक सम्म सञ्चालन भएको थियो। उक्त राइड-आउटमा सहभागी ग्राहकहरुलाई विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाउँदै RayZR 125 FI Hybrid का बारेमा समेत जानकारी गराइएको थियो।
स्कुटरका बारेमा जानकारी गराउने क्रममा एम.ए.डब्लु राइड्स प्रा.लि.का रिजनल म्यानेजर श्री रोबिन श्रेष्ठले भन्नु भयो, “विभिन्न आवश्यकता र सवारहरूको प्राथमिकताहरू पूरा गर्नका लागि RayZR 125 FI Hybrid चार ट्रिमहरूमा उपलब्ध गरिएका छन्: स्टाण्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लस। १४५ एमएमको ग्राउन्ड क्लियरेन्सको साथ मात्र ९९ किलोग्रामको उल्लेखनीय रूपमा हल्का यसमा युनिफाइड ब्रेकिङ सिस्टम (यूबीएस), साइड स्ट्यान्ड इन्जिन कट-अफ फङ्सन र २१ लिटर अन्डर-सीट भण्डारण जस्ता सुविधाहरू छन्। स्टप एण्ड स्टार्ट प्रणालीले छोटो बिसौनीमा इन्जिनलाई स्वतः स्विच अफ गरी मूल्यवान ऊर्जा बचत गरेर इन्धन दक्षतालाई अझ बढाउँछ।”
र्यालीको समापनमा माइलेज च्यालेन्जका विजेताहरूको घोषणा गरिएको थियो। माइलेज च्यालेन्जमा टेस्टमा मुक्ती प्रसाद गच्छेदार ७७.३५ कि.मि. प्रतिलिटर माईलेजका साथ प्रथम हुनु भयो भने ७५.१४ कि.मि. प्रति लिटर माईलेजका साथ सचिन रइका मागर द्वितीय तथा ६३.६६ कि.मि. प्रतिलिटर माईलेजका साथ इन्दिरा बिक तृतीय हुनुभएको थियो। सबै बिजेता र सहभागीहरुलाई यामाहा बिराटचोकका संचालक बिष्णु कार्कीले पुरस्कर र मायाको चिनो प्रधान गर्नु भयो।

यामाहाको यस उत्साहजनक पहललाई साथ दिनु भएका सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै एवम् विजेताहरूलाई बधाई ज्ञापन गर्दै यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री दीपक कुमार अग्रवालले सेवाग्राहीप्रति आफ्नो उत्पादनको विश्वास बढाउन र सेवाग्राहीका अपेक्षाबारे जानकारी लिन यस किसिमका कार्यक्रमहरू आगामी दिनमा देशैभरि आयोजना गर्ने प्रतिबद्धता जनाउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *