नगर प्रमुखको समन्वयमा सडक अबरुद्ध खोलियो
नगर प्रमुखको समन्वयमा सडक अबरुद्ध खोलियो
एलएन गच्छदार / सुन्दरहरैचा
प्रदेशको गौरवको योजना भनिएको गिनाघाट बिराटचोक सडकखण्ड ठेक्केदारको लापरबाहीले स्थानिय सरकारको टाउको दुखाई बनेको छ।
ठाँउठाउँमा पिच नभए खाली ग्राभेल छोड्दा स्थानिय जनताले आज सोमबार सुन्दरहरैंचा नगरपालिकाको बेलेपुर चोकमा बिहान २ घन्टा भन्दा बढी समय स्थानीयले सडक जाम गरेर प्रदर्शन गरेका थिए ।
प्रदेश सरकारको मातहतमा रहेको सो सडक सममै पूरा हुन नसक्दा स्थानियले आक्रोश पोख्दै सवारी रोकेर बाटो जाम गर्दा नगर प्रमुख केदार प्रसाद गुरागाईं जनताको गुनासो सुन्न अबरोध स्थलमै दमकल लिएर पुगेका थिए।
धुलोधुल्लामे बाटोको कारण सास्ती भोगेका जनता बाटो कहिले बन्ने भनेर नारा बाजि समेत गरेका थिए।
नगरप्रमुख गुरागाईंले स्थानीय जनताको गुनासो र आक्रोश सुन्दै आवश्यक पहल र समन्वय गरि बन्द सडक आफै लागेर खुलाएका छ्न।
स्थानिय सरकार जनताको साथमा रहेको अनुभूति दिलाउदै नगरप्रमुख गुरागाईंले प्रदेश सरकार, भौतिक योजनामा स्थानिय प्रतिनिधिमुलक नेतृत्वकर्ता सहित पहलका लागि जाने वातावरण मिलाएपछी सडक अवरोध साम्य भएको हो।
