सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एलिस ओझा

मोरङको सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल गठबन्धनका एलिस ओझा विजयी भएका छन्

नेपाल विद्यार्थी संघका उम्मेदवार विजय ओझालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

यस्तै स्ववियू सचिवमा पनि गठबन्धनकै उम्मेदवार रोहन खत्री विजयी हुँदा नेविसंघका उम्मेदवार अर्जुन दाहाल पराजित बन्न पुगेका छन् ।

कोषाध्यक्षमा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेविसंघकी उम्मेदवार सविना थापा निर्वाचित भएकी छिन् ।

थापा नेपाल विद्यार्थी संघबाट निर्वाचित हुने एक्ली उम्मेदवार बनेकी छिन् । अन्य आठ सदस्यहरूमा गठबन्धनको प्यानल नै निर्वाचित भएको त्यहाँका निर्वाचन अधिकृत शुकदल लिम्बुले बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *