मोरंगको सुन्दरहरैंचामा सप्ताहब्यापी पुराण हुने
एलएन गच्छदार/ सुन्दरहरैंचा
पौष २४ गते
मोरंगको सुन्दरहरैंचामा सप्ताहब्यापी पुराण हुने भएको छ। सुन्दरहरैंचा नगरपालिका वडा -३ मा रहेको रणकाली मन्दिरले विश्वशान्ति हेतु तथा आर्थिक सहयोगको अपेक्षा राखी श्रीमद भागवत सप्ताह ज्ञान पुराण आयोजना गर्ने भएको हो।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद प्रसाईंको अध्यक्षतामा मन्दिर परिसरमा मंगलबार आम भेला गरी आवश्यक छलफल र सुझाव सहित पुराण उपसमिति समेत निर्माण गरेको छ।
आगामी माघ ७ गते देखि माघ १५ गते सम्म संचालन हुने सो पुराणका लागि श्रीमद भागवत सप्ताह महापुराण आयोजक समितिको संयोजकमा नागेश पोख्रेललाई भेलाले चयन गरेको जनाएको छ। रणकाली मन्दिर समिति र पुर्वान्चल पर्यटन बिकास संस्था श्री बैदिक सनातन बहुउद्धेश्यीय धर्म रक्षा सेवा समिति बीच भएको सो भेलामा भएको छलफलमा कलश यात्रा माघ ७ गतेबाट सुरु भई माघ १५ गते पुराण बिसर्जन गर्ने सहमत भएको हो।

पुराण सल्लहाकार समिति संयोजकमा डमरु प्रसाद गौतम, आर्थिक संयोजक मातृका चापागाईं, प्रचार प्रसार समिति संयोजकमा हेमन्त भट्टराई, सुरक्षा समिति संयोजकमा रामचन्द्र प्रधान, स्वंयमसेवक समिति संयोजकमा देवेराज गुरुङ, अतिथि सत्कार सम्मान समिति संयोजकमा धनकुमारी खतिवडा , प्रसाद भण्डारण तथा वितरण संयोजक सान्तवना काफ्ले, मन्द सरसफाई समितिमा रेखा कार्की , दान बिरदाता पहिचान संयोजक योगेन्द्र कुमार पोख्रेल तथा अनुगमन समिति संयोजकमा प्रमोद सिटौला रहेका छन।
