साजिलाल बिधालय वरिपरिका पसलमा सुर्तीजन्य र मदिराजन्य पदार्थको बेचबिखन गर्न रोकिनु पर्ने माग
एलएन गच्छदार
सुन्दरहरैंचा ।।
आजभोलि हाम्रो समाजमा लागुपदार्थहरुको सेवन र बिक्री बितरणको क्रम बढ्दै गएको देखिन्छ । अवैध रुपमा लागुऔषध पदार्थ, सुर्तीजन्य र मदिराजन्य पदार्थको बिक्री बितरण भइरहेको पाइन्छ । युवाहरू पनि लागुऔषधको कुलतमा फसेर जीवन नै बर्बाद पारेको घटना प्रशस्तै सुन्न र देख्न पाइन्छ। त्यसैगरि मोरङको सुन्दरहरैंचा नगरपालिका वडा ६ मा रहेको साजीलाल माध्यमिक बिधालयमा लागुपदार्थ दुर्व्यसनी न्यूनीकरण गर्न सचेतना कार्यक्रम संचालन गरिएको छ। .


विद्यालय वरपर खुलेआम सुर्तीजन्य र मादक पदार्थको बिक्री वितरण हुन थालेको गुनासो बढेपछि हाल सम्म स्थानीय सरोकारवाला भने ध्यान जान सकेको छैन। बिधालय वरपरी २ सय मिटर भित्र मदिरा तथा सुर्तीजन्य पदार्थको खुलेयाम बेचबिखन गर्न पाइदैन तर यस तर्फ सचेत नहुदाँ कुलतमा फस्नेको संख्या बढ्दो छ। साजीलाल माविका प्राध्यनाध्यापक श्यामबाबु काफ्ले प्रहरी, पत्रकार लगायत सरोकारवालाको ध्यान खिच्दै बिधालय वरिपरि सुर्तीजन्य र मदिराजन्य पदार्थको अबैध बेचबिखन गर्न रोकिनु पर्ने माग गरेका छ्न।
नेपाल जुनियर रेडक्रस सर्कल, साजिलाल मावि , आश्रय सुधार केन्द्र तथा अस्थायी प्रहरी पोष्ट बलियाको आयोजना बिद्यार्थीलाई सचेतना गराएको हो ।सामुदायिक तथा निजी विद्यालय २ सय मिटर वरिपरि अवैध रुपमा हुने गरेको सुर्तीजन्य बस्तु र मदिरा बिक्री वितरणलाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । साथै विद्यालयमा अध्ययनरत छात्रछात्रा र १८ वर्ष मुनिका बालबालिकाहरुलाई सुर्ती,चुरोट,बिडी,खैनी गुट्का लगायत लागुपदार्थजन्य पदार्थ बिक्री बितरण गर्न गराउन निषेध गर्ने उद्देश्यले कार्यक्रमको आयॉजना गरेको हो।
किरोशकिशोरी अवस्था बढी कुलतको शिकार हुने हुदाँ बिद्यार्थीलाई कुलतमा नफस्न र लागु दुर्व्यसनमा फस्दा देखिने लक्ष्य बारेमा प्रकाश पार्दै सोको न्यूनीकरणको प्रयास रसुधार र परिवर्तन गर्न सकिन्छ भन्दै आश्रय सुधार केन्द्रका संचालक सेवक खत्री ले आफ्ना धारणा राखेका थिए।

बलिया अस्थायी प्रहरी पोष्ट प्रमुख डिल्ली बहादुर भुजेलका अनुसार बिद्यार्थीले बिधालय समयमा बिधालय नगएर बाहिर कुलतमा फसिरहेको अवस्थामा समेत भेटिने गरेको र उनीहरुलाई सचेत गराएको भन्दै यतिमात्रले दुर्व्यसनी न्यूनीकरण नहुने भन्दै परिवार, समाज, बिधालय, स्थानिय सरोकारवाला मुख्य भुमिका खेल्नु पर्ने बताए।
विद्यालय वरपर खुलेआम सुर्तीजन्य र मादक पदार्थको बिक्री वितरण हुन थालेको गुनासो बढेपछि हाल सम्म स्थानीय सरोकारवाला भने ध्यान जान सकेको छैन। बिधालय वरपरी २ सय मिटर भित्र मदिरा तथा सुर्तीजन्य पदार्थको खुलेयाम बेचबिखन गर्न पाइदैन तर यस तर्फ सचेत नहुदाँ कुलतमा फस्नेको संख्या बढ्दो छ। साजीलाल माविका प्राध्यनाध्यापक श्यामबाबु काफ्ले प्रहरी, पत्रकार लगायत सरोकारवालाको ध्यान खिच्दै बिधालय वरिपरि सुर्तीजन्य र मदिराजन्य पदार्थको अबैध बेचबिखन गर्न रोकिनु पर्ने माग गर्छन।
विद्यालय वरपर रहेका पसलमा सुर्तीजन्य पदार्थ भए/नभएका बारेमा स्थानीय सुन्दरहरैंचा सरकारको बेखबर छन । साजीलाल माविका सहायक प्रध्यानाध्यापक हरि भट्टराईका अनुसार यसका लागि न्यूनीकरणका प्रयासमा हरेक अभिभावक, सरोकारवालाको ध्यान जान आवश्यक रहेको बताए।
