मन्त्री सिटौलाबाट नवहा ज्ञान महायज्ञको समापन – धर्मप्रति  राजनीति नगर्न सुझाब

सुन्दरहरैंचा।।
एलएन  गच्छदार
जेष्ठ ४ गते बिहीबार
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -८ चन्द्रनगर नजिकैको पुर्व पश्चिम राजमार्गमा रहेको पाथिभरा माता मन्दिर  निर्माणका लागि चलेको नवाहा ज्ञान महायज्ञको समापन भएको छ।

नौ दिनसम्म चलेको महायज्ञमा  उधोग कृषि तथा सहकारी मन्त्री भक्ती सिटौलाको प्रमुख आतिथ्यतामा बिहिवार  समापन भएको हो।

मन्त्री सिटौलाले  सनातन  हिन्दु धर्म संस्कृतिको रक्षामा पुराणबाचक पंण्डितहरुको महत्वपुर्ण भुमिका रहेको र धर्म परिवर्तन गराउने प्रति सचेत रहन र अब आउने युवा पुस्तामा  हिन्दु धर्मको संरक्षण र रक्षामा जिवित राख्न जोड दिएका छ्न।


मन्त्री सिटौलाले कार्यक्रमलाई सम्बोधन गर्दै धर्म निरपेक्ष भनेर हाम्रो धर्मप्रति प्रहार भइरहेको प्रति  चिन्ता ब्यक्त गरेका छन। कतिपय पंण्डितहरु राजनीतिक झोला बोकेर आफ्नो संस्कार र पहिचानलाई गुमाइरहेको आवस्थामा राजनीतिकरण नगर्न अनुरोध गरेका छन। धर्म निरपेक्षको लागि जसले घोषणा तिर लागे आज उनीहरु नै  धर्म संस्कृति रुपमा धर्म रक्षा गर्न जनमत संग्रह गर्नु पर्छ भन्दै भाषण टोक्न थालेको बताएका छ्न ।

उक्त मन्दिर निर्माण समितिकी कोषाध्यक्ष सावित्री संग्रौलाका अनुसार पाथिभरा कृतन भजनबाट सुरु भएको समुहबाट सबैको अथक प्रयासबाट मन्दिर निर्माण र महायज्ञ आयोजना सफल भएको बताए। माता बिमलादेवी खड्काले ४  कट्टा २ धुर जग्गा राधेश्याम सेवा ट्रष्टको नाममा दान गरेपछी उक्त ट्र्ष्टका संरक्षक दिनबन्धु शास्त्रीको समन्वयमा मन्दिर निर्माणको योजना बनेको थियो।

तत्कालीन शिवप्रसाद ढकाल नगरप्रमुख हुँदा निर्माणका लागि १२ लाख बजेट बिनियोजन गरेको थियो भने हाल नगरप्रमुख केदार प्रसाद गुरागाईंले समेत १५ लाख बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन। प्रदेश सरकारबाट २५ लाख बजेट बिनियोजन गरि निर्माण कार्यमा सहज भएको आयोजकले बताए।

मुल समारोह समिति संयोजक रहेका निवर्तमान प्रदेश सांसद लोक प्रसाद संग्रौलाले पुराण सुरु भएको २ दिन सम्म सफल हुन्छ कि हुँदैन भन्ने दुबिधामा रहेको र निकै चुनौतीका बाबजुत उल्लेखनीय सहभागी हुँदा कुम्भ मेलाको संज्ञा दिएका छ्न।
समाजिक संजालमा पाथीभरा मातासंगको फोटो खिच्नेको लहर चलेको छ भने देशका विभिन्न जिल्लाबाट भक्तजन दर्शनार्थी सहभागीता संगै दान दिनेको उल्लेखनीय संख्या रहेको थियो। बिदेशबाट समेत दान दिनेको संख्या बढेको आयोजकले जनाएको छ।

सुन्दरहरैंचा नगरपालिका भित्रका भजन कृर्तन समुहको समेत उल्लेखनीय सहयोग थियो । पाथीभरा मन्दिरका लागि  ३३ लाख ७४ हजार  भन्दा बढि   चन्दादान संकलन भएको उक्त कार्यक्रम समारोहका कोषाध्यक्ष जनक खत्रीले जानकारी गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *