सर्वनाम थिएटरमा गोधूलिमा गजल कार्यक्रम सम्पन्न
………………
काठमाडौ – मधुवन गोधूलिको साथी साहित्यिक संस्थाले आज गोधूलिमा गजल कार्यक्रम सप्पन्न गरेको छ। संस्थाको सातौं वार्षिक उत्सवको अवसर पारेर आयोजना गरेको उक्त कार्यक्रममा कार्यक्रम सञ्चालन महेन्द्र खड्काले गरेका थिए भने गणेशबाबू अधिकारीको अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि साहित्यकार छवि वैरागी घिमिरे, विशिष्ट अतिथि बाबु त्रिपाठी , अतिथिका रूपमा कार्यक्रमका प्रमुख आकर्षक गजलकार लोकेन्द्र बन्जारा, आर सी सङ्कल्प, कल्पना भूसाल, बोई गजल सङ्ग्रहका लेखक वसन्त वली वसन्ती रहेका थिए।
कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको उक्त कार्यक्रममा संस्थाको सातौं वार्षिक उत्सव यस्ता खालका प्रत्यक्ष गतिविधि गरेर गर्नु भनेको साहित्यको जगेर्नाथका लागि संस्थालाई शुभकामना र धन्यवाद ज्ञापन प्रमुख अतिथिबाट मन्तव्यमा व्यक्त गर्नु भएको थियो। उहाँले साहित्यले फुटाउने होइन समाजलाई जोडेर भाइचाराको सम्बन्ध राख्न पर्दछ भन्ने कुरामा प्रकाश पार्दै कार्यक्रमका प्रमुख आकर्षक गजलकारहरूलाई हौसला प्रदान प्रमुख अतिथिले दिनुभएको थियो । स्वागत मन्तव्यमा मनु शर्मा , संस्थाको धारणासहितको मन्तव्य उर्मिला न्यौपानेले दिनु भएको थियो। गोधूलिमा गजल नाम दिएर गरेको कार्यक्रममा गजलकारहरूका सशक्त गजलले दर्शकहरू उत्साहित भएका थिए ।


दोस्रो चरणको कार्यक्रम गजल वाचनमा कार्यक्रमका अध्यक्ष गणेशबाबु अधिकारीले सञ्चालन गरेका थिए । गजलका रसमा सभाहल तालीले गुन्जायमान भएको थियो। गजलकार लोकेन्द्र बन्जाराका गजल , आर सी सङ्कल्पका गजल , कल्पना भूसालका गजलले छुट्टाछुट्टै किसिमको आनन्द दिएको महशुस गरेको आमन्त्रित श्रोताहरूले प्रतिक्रिया दिएका थिए ।
उक्त कार्यक्रममा गजलकार वसन्त वली वसन्तीको बोई गजल सङ्ग्रहको दोस्रो संस्करणको सार्वजनिकीकरण प्रमुख अतिथि तथा अन्य अतिथिद्वारा गरिएको थियो। दिनको २:२० बजे सुरु भएको कार्यक्रम दिनको ४:३० बजे संस्थाका अध्यक्षद्वारा समापन गरिएको थियो।