सुन्दरहरैंचाका वडा अध्यक्ष लिङ्ग्देनले लगाए पुर्वाञ्चल कन्ट्रक्सन मेट्रियल ईन्डष्ट्रिजमा ताल्चा
मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा -६ मा संचालित पुर्वान्चल कन्ट्रक्सन मेट्रियल ईन्डष्ट्रिज प्रा.लिको मनोमानी कारण स्थानिय जनताले सास्ती भोग्नु परेको छ।
सो उधोगले अलकत्रा उत्पादन गर्दै आएको छ भने उधोगबाट निस्कने धुवाँ र प्रदुषणका कारण स्थानीयको स्वास्थ्यमा खेलवाड गर्दै उधोग संचालनमा ल्याएपछि सो वडाका अध्यक्ष सन्तोष लिङ्ग्देनले ताल्चा लगाएका छन । जनताको गुनासो वडा कार्यालयमा पटक पटक आउँदा उधोग संचालकसंग आफु समेत पटक पटक सम्पर्क गर्दा समेत अटेर गरेपछि ताल्चा लागाउन बाध्य भएको बताए।
स्थानीयले जनप्रनिधिलाई दबाब दिएपछि समस्याको समाधान नहुन्जेल सम्म उधोगमा ताल्चा लगाएको हो।
स्थानीयले पटक पटक उधोगका कर्मचारी मार्फत संचालकलाई ध्यान आकर्षण गराउँदा अटेर गरी स्वास्थ्य माथि खेलवाड गर्दै निर्वाद रुपमा उधोग संचालनमा ल्याएपछि बिरोधमा उत्रिएका थिए। सो क्रममा एक कर्मचारीले बिरोधमा उत्रिएका महिला माथि नै हातपात गरेका छन्।

उधोगबाट निस्कने धुवाँ र दुर्घन्धले स्थानीयमा टाउको दुख्ने, आँखामा असर हुने र स्वासप्रस्वास लगायत स्वास्थ्यमा समस्या देखिन थालेको स्थानियले गुनासो पोखेका छन्।
बस्ति नजिकै रहेको उक्त उधोगले फ़ैल्याएको प्रदुषणका कारण स्थानीयको निन्द्रा नै खोसिएको गुनासो गरेका छन्।
अर्को तर्फ भने उधोगका एक कर्मचारीका अनुसार यसबारे संचालक जानकारी गराएको र भारतबाट एकपटक प्राबिधिक ल्याएर चेकजाँच गरिएको बताए।
तर समस्या भने पूर्णरुपमा हुन् नसकेपछि स्थानीय बिरोधमा उत्रिएको हो।
