सुन्दरहरैंचाबाट महिला बेपत्ता, परिवार चिन्तित

मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर–३ लक्ष्मीनारायण मन्दिर टोलबाट ५१ वर्षीय मिश्र परियार तीन दिनदेखि बेपत्ता भएकी छन्। उनी “माइत जान्छु” भनेर घरबाट हिँडेकी थिइन्, तर माइतमा नपुग्दा र आफन्तजनसँग सम्पर्क हुन नसकेपछि परिवार चिन्तित बनेको छ।

परिवार स्रोतका अनुसार, मिश्र परियारको खोजीका लागि स्थानीय क्षेत्रमा निवेदन दिइएको छ। नजिकका प्रहरी कार्यालयमा समेत खोजतलासका लागि जानकारी गराइएको छ। परिवार तथा आफन्तजनले उनलाई देखे वा कुनै जानकारी पाएमा तत्काल सम्पर्क गर्न अनुरोध गरेका छन्।

कुनै जानकारी भएमा सम्पर्क गर्नुहोस्:

📞 9814795315
📞 9819305012

नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *