कालिज पालन किसान सन्तोष आफ्नो ब्यबसायमा रम्दै

एलएन गच्छदार

मोरङ मिक्लाजुङ गाउँपालिका वडा ६, मधुमल्लाका युवा सन्तोष बोहोराले कालिज पालन गरेर राम्रो आम्दानी लिदै आएका छन । बुवाआमाको सपना छोरा विदेश गएर राम्रो कमाओस भन्ने सबैको चाहना हुन्छ। तर सन्तोषले बिदेशी भुमि होइन आफ्नै भुमि रोजे अनि बुवा आमासंगै रहेर काम गर्ने योजना बुने। हुनत उनि सुरुमा कुखुरा पालन तिर लागे तर यसबाट राम्रो आम्दानी हुन् नसकेपछि २०७६ साल देखि दस लाख लगानीबाट कालिज पालन सुरु गरे ।

सुरुमा १ सय ५० वटा कालिजबाट सुरुगरेका उहाँको कालिज फर्ममा अहिले १ हजार भन्दा बढी छन्। आम्दानीको हिसाबले राम्रो रहेको कालिज पालन ब्यबसायमा बजारीकरणमा कुनै समस्या छैन। अहिले उनले बार्षिक खर्च कटाएर १५ लाख आम्दानि गर्न सफल भएका छन ।

हिमालयन वाइल्ड लाइफ एग्रो कम्पनी प्रालि दर्ता गरि ब्यबसायिक रुपमा कालिज पालन गर्दै आएका बोहोरा आफ्नै ह्याचरी गरी चल्ला समेत उत्पादन गरी बजारमा अण्डा र मासु समेत बिक्रि गर्ने गरेका छन्। बोहोरा सहित ४ जनाले समेत रोजगारी पाएका छन भने परिवारको समेत उतिकै साथ रहेको उनकी बहिनी सन्ध्या बोहोरा बताउछिन ।

गर्न सके आफ्नै माटोमा सुन फलाउन सकिन्छ। विदेशमा पसिना बगाउनुको साटो स्वदेशमै लगनशील भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिने उदाहारण बनेका छन् बोहोरा। अहिले उनि कालिज पालन गरेर लाखौँ आम्दानी लिन सफल भएका छन्।

कालिजका भाले ८ महीनादेखि बिक्रीयोग्य हुन्छन्। स्वस्थ कालिजको तौल दुई केजीसम्म हुन्छ। पोथीले नौ देखि महीना पुगेपछि अण्डा पार्न थाल्छ। बजारमा कालिजको भाले दुई हजारदेखि दुई हजार पाँच सय र पोथी एक हजार पांच सय देखि दुई हजारमा पाइन्छ। कालिज पालन बढ्दै गए पनि नेपालमा पाइने जंगली कालिजको चोरी शिकारी रोकिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *