चाड पर्वको महत्व र मौलिक संस्कृति संरक्षणमा जोड दिदै पुर्वान्चल पब्लिक स्कुल

एलएन गच्छदार

सुन्दरहरैंचा / कार्तिक २३ गते

पछिल्लो समय नेपाली चाडपर्वहरूमा विभिन्न किसिमका विकृतिहरू बढ्दै गएका छन् । हाम्रा हरेक चाडपर्वको आफ्नै अर्थ र महत्व रहेको छ । चाडपर्वहरूमा हाम्रो संस्कार र संस्कृतिसमेत जोडिएको छ । तर पछिल्लो समयमा हामीले मनाउने चाडपर्वमा संस्कृति कम र विकृति बढी भएको देख्न पाइन्छ ।
त्यसै गरि मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा ५ मा रहेको पुर्वान्चल पब्लिक सेकेण्डरी स्कुलले विधार्थीलाई आफ्नो चाड पर्वको महत्व झल्किने एक कार्यक्रम गरी शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्।

बिधार्थी नानिबाबुहरुलाई आफ्नो चाडपर्वहरु सानैबाट मनाउन सिकाउनु पर्ने र यसको महत्व बुझन, सबै पर्वहरु फरक-फरक महत्व हुन्छ भन्दै धर्म, संस्कृति र संस्कारयुक्त शिक्षा सिकाउँने हेतुले यस्ता किसिमका कार्यक्रम गरिएको स्कुल प्रिन्सिपल सन्तोष राईले बताए।
दिनप्रतिदिन मौलिक संस्कृति र परम्परा हराउँदै गएको छ भने चाडपर्व र रमाईलोका नाममा विकृति भित्रिदै छ । परिवार र अरूको खुसीभन्दा पनि आफ्नो खुसीका लागि जे पनि गर्न तयार हुने मनोवृतिका कारण परिवारसँग दूरी बढ्दै गएकोले संस्कार सहित शिक्षा दिन कार्यक्रम आयोजना गरेको प्रिन्सिपल राईले बताए।

बिधालयले नजिकिदै आएको तिहारलाई लक्षित गरि लक्ष्मी पुजा, गोबर्धन पुजा र भाइटिका कसरी गरिन्छ बिषयमा सिकाई बिधिबाट विधार्थीलाई अभिप्रेरित गरेका थिए। साथै देउसीभैलो गित संगै बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत समेत गरेको थियो।

चाडबाड कसरी मनाउने भनेर सोच विचार र चिन्तन गर्नुपर्ने र चाडबाडका केही महत्वपूर्ण पक्षहरु छन् यसका सांस्कृतिक, धार्मिक तथा मनोवैज्ञानिक आध्यात्मिक पक्षहरु रहेको सो विधालयका ब्यबस्थापन समिति अध्यक्ष मोहन ढकालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *