अनेरास्ववियुको उम्मेदवार परिच्यात्मक कार्यक्रम

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन ( अनेरास्ववियु ) सुकुना बहुमुखी क्याम्पस कमिटीले स्ववियु निर्वाचन नजिकिदै जादाँ उम्मेदवार परिच्यात्मक कार्यक्रम गरेको छ।

उम्मेदवार परिच्यात्मक कार्यक्रममा अनेरास्ववियुको तर्फबाट स्ववियु उम्मेदवार रहेका सभापति मनोज कार्की, सचिबमा एलिस ओझा , उपसभापति समानुपातिक तर्फका टिकाराम घिमिरे र सह-सचिब जेनिसा पौडेल (समानुपातिक) , कोषाध्यक्ष हेमकुमारी नेपाली (प्रत्यक्ष ) तर्फ सदस्यीय ८ जना तथा समानुपातिक तर्फको सदस्य १४ जनालाई अबिर लगाएर विजयको शुभकामना दिएका छ्न।


उक्त कार्यक्रममा सुकुना क्याम्पसका पुर्व स्ववियु सभापति रहेका पुर्व माननीय मन्त्री तथा नेकपा एमाले नेता राजकुमार ओझाले मुलुकमा धेरै परिवर्तन र आन्दोलन भए पार्टी बिभाजन भए पनि अनेरास्ववियु एक मात्र देशको ठूलो संगठन रहेको भन्दै बिकृती र बिसंगती विरुद्ध लड्ने संगठन अनेरास्ववियु रहेको र यो संगठन नेताको संगठन रहेको बताए। एमालेका ८० प्रतिशत नेताहरु अनेरास्ववियुबाट आएको ओझाले आफ्ना धारणा राखेका थिए।
त्यसैगरी ओझाले बिद्यार्थीको हितका लागि इमान्दार विद्यार्थी नेतालाई उम्मेदवार बनाउने कुरामा जोड दिदै बिद्यार्थीको बिचमा गएर मत माग्न आग्रह गरेका छन।

उक्त कार्यक्रममा पुर्व स्ववियु सभापति तथा एमाले नेता बद्री अर्यालले आफ्ना बिद्यार्थी संगठनलाई शुभकामना ब्यक्त गर्दै प्रबिधी मैत्री शिक्षामा जोड दिदै स्थापनाकालदेखि आफ्नो संगठनले हाल सम्म स्ववियु चुनाब जित्दै आएको र अगामी चुनाब समेत आफ्नो संगठनले जित्ने दाबी गरेका छ। यसमा कोहि दुबिधामा नरहन र कसैको दबाबमा नबस्न आग्रह गरेका छ्न।

त्यस्तै चुनाब अजिकिदै जाँदा संस्थापक स्ववियु सभापति यज्ञ सुबेदीले गठबन्धनले निराशजनक बनाउन सक्ने बिषयप्रति सचेत रहन भन्दै शुभकामना तथा बिजय प्राप्त गर्न आफुले सदैब साथ रहने कुरामा जोड दिए।

त्यस्तै सुकुनाका पुर्व स्ववियु पदाधिकारी मिलन घिमिरे, चुडामणि रिजाल, लक्ष्मी पोख्रेल, भविन पाण्डे लगायतले आफ्ना धारणा राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *