जनताहरूको साथ र समर्थन रास्वापाले पाइरहेको, ग्रामथानमा मत परिवर्तनको पक्षमा स्थानीयहरू
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यद्धय तथा सांसद सोबिता गाैतम र अशोक कुमार चाैधरीले मंगलबार चुनावी विशेष कोण सभालाई सम्बोधन गर्दै परिवर्तनको पक्षमा भोट मागेका छन्।
रास्वापा र स्वतन्त्र उम्मेदवार गरी १६ जना उम्मेदवार मध्ये ग्रामथान पालिकाले गर्व गर्न लायकका जुझारु सक्षम विभिन्न शिक्षा स्वास्थ कृषि क्षेत्रमा निरन्तर अनुभव भएका र स्थानीय तहमा कानुन निर्माणमा काम गर्न सक्ने कानुनका बिधार्थी समेत रहेका नवीन कुमार विश्वासलाई उम्मेदवार बनाएकोले( राइट मेन राइट प्लेइस) सक्षम व्यक्तिलाई सहि ठाउँमा चुन्नका निम्ति र अब पुराना पार्टी होइन जनतालाई जिताउनको लागि मत परिवर्तन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेता अशोक चाैधरीले आग्रह गरेका छन।
त्यसैगरि माननीय सोैबिता गोैतमले नेताचाैकमा चुनावी कोणसभालाई सम्बोधन गर्दै विगतको ३४/३५ वर्षदेखि देशमा राजनीतिक व्यवस्थाहरू परिवर्तन भएकोले ,नेताचाैकले पनि नेताहरू जन्माएको होला,तर हाम्रो अवस्था परिवर्तन भएन राजनीतिक पात्रहरू उहीँ दोहोरीरहे !जनतामाथि घात माथि विश्वासघात गरि रहेकोले सबै नितिको नीति राजनीति भएको मुलनिति सफा गर्नको निम्ति रास्वापा उम्मेदवार नवीन कुमार विश्वासलाई मत दिन अपिल गरिन।साथै स्थानीय तह सुशासनको घण्टी बजाउन आग्रह गर्नु भयो।
त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नविव कुमार विश्वासले ग्रामथानका ७ वटै वडामा घरदैलो गर्दा जनताहरूको साथ र समर्थन रास्वापाले पाइरहेको र मत परिवर्तनको पक्षमा स्थानीयहरू लहर रहेकोले पालिकाको समृद्धि र बिकासको जिम्मा रास्वपाले लिने त्यसको लागि ब्यालेट पेपरबाट परिवर्तनको अभियानमा सरिक भइ ग्राम थानबासीले परिवर्तनको इतिहास रच्नेछ भनि सम्पूर्ण मतदातासंग भोट मागेका थिए।




