ग्रामथान गाउँपालिकामा ३३ वर्षका युवाले ल्याए राप्रपामा जनलहर

 

एलएन गच्छदार

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन र केन्द्रिय प्रबक्ता ज्ञानेन्द्र शाहीले  मंगलबार चुनावी सभालाई सम्बोधन गर्दै मञ्चबाट भोट मागेका छन्। ग्रामथान गाउँपालिकाको नेताचोकमा चुनावी कार्यक्रममा सहभागी भएका उनीहरुले सबैभन्दा कम उम्मेरका युवालाई उम्मेदवार बनाएका छन्।

बिभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी १६ जना उम्मेदवार मध्ये ३३ बर्षका दिनेश थन्दार (दिवेश ) लाई जिताउन पार्टी होइन मत परिवर्तन गर्न आग्रह गरेका छन। केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी सभालाई सम्बोधन गर्दै प्रदेश तह खारेजी हुनुपर्छ, , भ्रस्टाचारीलाई कानुनी दायरामा ल्यानु पर्छ भन्दै सबै नेताको सम्पति छानबिन हुनु पर्ने बताए। लिङ्देनले भने – “त्यसको लागि बरु सुरुमा म बाट छानबिन गर्नुहोस, राप्रपाकै नेताहरुबाट सुरु गर्नुहोस, भष्ट्राचार गर्नु आमाको रगत खानु सरह मात्र होइन भष्ट्रचार गरेको छ भने चिहानबाट छोड्नु हुदैन, देशभर शिक्षा र स्वास्थमा नि: शुल्क हुनु पर्ने जोड दिएका छन। ”

त्यसै गरी प्रबक्ता ज्ञानेन्द्र शाहीले कार्यक्रमलाई सम्बोधन गर्दै हलोको जनलहर सुरु भएको छ, युवा नेता दिनेशलाई जिताउन ग्रामथान गाउँपालिकाको पहिलो मुद्दा किसानको उत्पादन किन्ने र बेच्ने जिम्मा स्थानीय सरकारले लिने बताए । जनताहरूको साथ र समर्थन राप्रपाले पाइरहेको बेला पालिकाको समृद्धि र बिकासको जिम्मा राप्रपाले लिने त्यसको लागि ब्यालेट पेपरबाट आफ्नो अधिकार प्रयोग गर्नुपर्ने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रशिक्षण बिभाग उप प्रमुख खुश्बु ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै २४ घण्टा खटिने किसानलाई पेन्सनको ब्यबस्था गरिनु पर्ने तर राज्यले ध्यान दिन नसकेको टिप्पणी गरिन । प्रदेश सरकार ठूलो रोग भएको र प्रदेश सांसदको काम नभएको भन्दै त्यतिकै तलब भत्ता पचाएकोमा प्रदेश तहको काम नरहेको बताइन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ग्रामथान गाउँपालिका अध्यक्ष पखुलाल विश्वास, केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, प्रबक्ता ज्ञानेन्द्र शाही, केन्द्रिय सदस्य रवि रिजाल, रंमेश रिजाल, जिल्ला अध्यक्ष गोपाल कटुवाल,  सचिव जय सिटौला लगायत जिल्लाका नेताहरुको समेत भेटघाट कार्यक्रम राखेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *