इन्द्रपुर जुनियर जेसिजको आयोजनामा रन सुन्दरहरैंचा हुने
मोरङ सुन्दरहरैंचामा रहेको इन्द्रपुर जुनीयर जेसीज वर्ष २०२३ ले स्थानीय सुन्दरहरैचामा रहेका प्रतिभावान एथलेटीक्स खेलाडीलाई आफ्नो खेल कला प्रस्फुटन गर्न प्रेरित गर्ने तथा देशका विभिन्न ठाउँमा रहेको प्रतिभावान युवा युवतिलाई अवसर प्रदान गर्दै सुन्दरहरैचाको पहिचान बढाउने अभिप्रायले वर्ष २०२३ मा रन सुन्दरहरैंचा कार्यक्रम हुने भएको छ।
सुन्दरहरैचा नगरपालिकाको एतिहासिक तथा सांस्कृतिक पहिचान देश व्यापी रुपमा परिचित गराउनु कार्यक्रमको मुल उद्धेश्य साथ कार्यक्रमको आयोजना हुनेछ ।
यो रन सुन्दरहरैंचा एक अफिसियल हाफ म्याराथोन हो । यो पुर्णत नेपाल एथलेटीक्स संघको प्रतिनिधिको मार्ग निर्देशनमा तय भएको कार्यक्रम रहेकाले यसवाट प्रोफेसनल खेलाडी साथीहरुले आफ्नो कलाको एक्सपोजरको रुपमा लिनुहुने छ भन्ने आशा राखेको कार्यक्रम संयोजक उत्सव थापाले बताए ।

उक्त कार्यक्रममा ३ वटा बिधागरी सम्पन्न हुने छ भने ५ किलोमिटर सम्म नन प्रोफेसनल स्थानीय शैक्षिक संस्था तथा स्थानीयवासीको सहभागिता रहनेछ भने २१ किलोमिटर सम्म महिला हाफ म्याराथोन र २१ किलोमिटर पुरुष हाफ म्याराथोन रहने आयोजकले जनाएको छ।
उक्त कार्यक्रम भने नयाँ बर्ष बैसाख १६ गते शनिवार विहान ८ बजेदेखि विराटचौकबाट प्रस्थान गरिने र खेलाडी महानुभावले अग्रीम नाम दर्ता गर्नु पर्नेछ भने दर्ता शुल्क रु ५०० निर्धारण गरिएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रवाट प्रतिस्पर्धा गर्न प्रोफेसनल १ सय जना एथलेटिक्स खेलाडी तथा नन् प्रोफेसनल ५ सय जनाले प्रतिष्पर्धा गर्ने अनुमान गरेको छ।
कार्यक्रम सम्पन्न गर्न कुल ५ लाख लाग्ने अनुमान गरिएको छ भने प्रथम पुरस्कार राशी ४० हजार , दोश्रो १५ हजार र तेस्रो ५ हजार रहने आयोजकले बताए।




