बिधार्थी आन्दोलित , पुर्वाञ्चल विश्वबिधालय शिक्षण अस्पतालको प्रशासनमा राति लाग्यो ताला
एलएन गच्छदार
पुर्वान्चल बिश्वबिधालयमा शिक्षण अस्पतालका चिकित्सकले उपचारमा लापरबाही र अभद्र ब्यबहार गरेको भन्दै बिद्यार्थी आन्दोलित बनेका छन ।
शनिबार बेलुका ६:०० बजे पुर्वान्चल कलेज अफ इन्भारोमेण्ट एण्ड फरेस्ट्रीका बिद्यार्थी अनुजा चौधरी एकासी बेहोस भएपछि चिकत्सकले उपचारमा ढिलाई र अभद्र ब्यबहार गरेको भन्दै अस्पताल प्रशासनमा तालाबन्दी गरेका छन ।
हस्पिटलको आक्स्मिक बिभागमा आएर एम्बुलेन्स लैजान खोज्दा र चिकित्सकलाई घटना भएकै ठाउँमा उपचार गर्न आग्रह गर्दा “हाम्रो जिम्मा होइन , यहि लिएर आएमात्र हामी उपचार गर्न सक्छौ ” भन्ने जवाफ आएपछी बिद्यार्थी आक्रोषित बनेका थिए ।
घटनाका संघर्ष समिति संयोजक अमिर कार्कीबाट जारी गरिएको बिज्ञपति अनुसार स्टेचर र एम्बुलेन्स माग गर्दा समेत नपाएपछी आन्दोलनमा उत्रेका हुन। साथै डा. कृष्ण माझी र नर्स रिंकु कुमारी झाले अभद्र ब्यहार गरेको भन्दै नेपाल बिद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारी इकाई समितिले संयुक्त बिज्ञप्ति जारी गर्दै कारबाही नभएसम्म अनिश्चितकालीन तालबन्दी गरेको घोषणा गरेका छन।
अर्को तर्फभने पुर्वान्चल कलेज अफ इन्भारोमेण्ट एण्ड फरेस्ट्रीका क्यापस निर्देशक नवीन भट्टराईले घटनाप्रति दु:ख ब्यक्त गरेका छन। यस बिषयमा भोलि (आइतबार ) सर्वपक्षीय बैठक बसेर छलफल हुने बताए। कलेज प्राङ्गनमा खेल सप्ताह चलिरहेको बेला फुटबल खेल समाप्त भएपछि एकासी अचेत अबस्थामा पुगेकी थिइन्।