क्वेष्टको १३ औं अभिभावक दिवस बिबिध कार्यक्रम संगै सम्पन्न

सुन्दरहरैंचा नगरपालिका वडा -८ मा रहेको क्वेष्ट अग्रेंजी सेकेन्डरी बोर्डिङ स्कुलले आफ्नो १३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस बिबिध कार्यक्रम गरी मनाएका छन।

उक्त कार्यक्रममा बिधालय ब्यबस्थापन समिती अध्यक्ष गोबिन्द कार्कीको सभाध्यक्षता संचालन भएको कार्यक्रममा सुन्दरहरैंचा नगरप्रमुख केदार प्रसाद गुरागाईंले उदघाटन गरे।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गुरागाईंले कुनै एउटा किताबको सेलेबेसले मात्र पर्याप्त नहुने भन्दै आफ्नो भाषा, संस्कृति, ब्यबहारिक सीप सिकाईमा जोड दिनुपर्ने उल्लेख गरे ।

बिधालयले गरेको प्रगतीको शुभकामना दिदै अतिरिक्त क्रियाकलापको माध्यमबाट प्रस्पुटित बिद्यार्थीको प्रतिभा संगै अब श्रब्यदृश्य, मल्टिमिडिया र प्रबिधीसंग जोडेर अबको शिक्षा प्रणाली अझै गुणस्तरीय बढाउनु पर्ने बताए।

अभिभावक र बिद्यार्थीको मन जित्न सफल भएको उक्त बिधालयले क्वेष्ट डान्सिङ आइडल , सम्मान तथा पुरस्कार बितरण तथा बिबिध सांस्कृतिक कार्यक्रम समेत गरेको थियो।

बालमनो बैज्ञानिक ढंगले पठपाठन हुँदै आएको बिधालयमा आफ्नो बिधालयको प्रगती बिबरण प्रस्तुत गर्दै प्रिन्सिप दिपक क्षेत्रीले अब प्रबिधिमैत्री शिक्षालाई जोड दिएर विद्यार्थी क्षमताको बिकासमा जोड दिने बताए।

प्रदेश स्तरिय बिधालयहरुको तेक्वान्दो प्रतियोगितामा तेस्रो हुने सो बिधालयका अप्रनिसा सुनुवारले बिधालयको गरिमालाई उच्च- बनाएको प्रती विधालयले सम्मान समेत गरेको छ।

यसै शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने तथा पिएचडी गर्ने दिपक न्यौपाने , पुर्व शिक्षक तथा संचालक समिती अध्यक्ष भोलानाथ बंजगाई , जेष्ठ नागरिक बर्ष १०३ कि भद्रशिला आचार्य र बर्ष ८९ का भक्त बहादुर कार्कीलाई सम्मान गरेको बिधालय अध्यक्ष गोबिन्द कार्कीले जानकारी दिए।

त्यसैगरी उत्कृष्ट शिक्षक सम्मानमा युवराज पौडेल र निर्मला कार्कीलाई नगद सहित सम्मान गरेको थियो।

उक्त कर्यक्रमम जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति समेत बितरण गरेको थियो।

परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यार्थी तथा सरसफाइ, खेलकुद , अनुशासन, ह्यणडराटिङ्ग लगायत बिबिध बिधामा उतकृष्ट हुने बिद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो। उक्त कार्यक्रममा अभिभावक तथा समाजिक ब्यक्तित्वलाई समेत सम्मान गरेको थियो।

उक्त अवसरमा राष्ट्रिय कलाकार तुलसी घिमिरेको प्रस्तुती सगै गायन नृत्य मनोरञ्जन प्रदान गरेको थियो।

सुकुना बहुमुखी क्याम्पसका अध्यक्ष केशब अधिकारी, शिक्षाबिद, पुर्व शिक्षक , अभिभावक, पुर्व बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *