ब्राइट फ्युचरकी समिक्षा ‘द भोइस अफ किड्स सिजन ३’ भोटिङ राउण्डमा

बिराटनगर : अहिले जारी द भोइस अफ किड्स सिजन ३ का प्रतियोगी मोरङको सुन्दरहरैचा १० निवासी ब्राइट फ्युचर सेकेण्डरी स्कुल सलकपुरमा अध्यनरत समिक्षा दाहाल भोटिङ् राउण्डमा प्रवेश गरेसँगै माहोल तातेको छ। समिक्षालाई जिताउनका लागि अभियान सञ्चालन गरेर भोट माग्न विभिन्न बिद्यालयमा जान थालिएको हो।

उनी द भोइस अफ किड्स सिजन ३ मा आफ्नो गायन क्षमता प्रस्तुत गर्दै ब्लाइण्ड राउण्ड, ब्याटल राउण्ड हुँदै हाल लाइभ अर्थात् भोटिङ राउण्डमा पुगेकी छिन्। ब्राइट फ्युचर सेकेण्डरी स्कुलका प्रिंसिपल टिका राम ढकालले नानीले आफ्नो कला र गलाको माध्यमबाट आज राष्ट्रिय स्तरको प्रतिष्ठित प्रतियोगिता द भोइस अफ किड्सको लाइभ राउण्डमा पुग्नु हामी सबैका लागि निक्कै खुशी कुरा भएको बताउदै सबैले आआफ्नो ठाउँबाट सक्ने सहयोग गर्नका लागि अनुरोध गरेका छन्।

उनी गायनका अरिरिक्त पढाईमा उत्तिकै मेहनेती रहेको प्रिंसिपल ढकालले बताए । उनलाई संगीत सिकाउने सप्तक कला केन्द्र सलकपुरका प्रमुख देवराज ढकालले समिक्षा अत्यन्तै मेहनती तथा उनको भोइस गड गिफ्ट भएको,आफूले भेट्नु भन्दा पनि अगाडी देखि नै गाउने गरेको र सप्तक कला केन्द्रमा आएरपछि थप निखारिएर अहिले ‘द भोइस अफ किड्स सिजन ३’ टप २४ मा परेकोमा खुशी ब्यक्त गरे।

अब भोटिङ राउण्डमा सुरु भएकाले उनीलाई जिताउन सप्तक कला केन्द्रले विभिन्न ठाउँमा ब्यानर टास्ने देखि लिएर सबै बिद्यालयहरु भोट माग्ने काम थालिएको बताए। सुन्दरहरैचाका नगर प्रमुख केदार प्रसाद गुरागाई लगायत जनप्रतिनिधिकोमा पनि पुग्ने ढकालले बताए।

उनलाई जिताउन देश विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई भोट गरेर सहयोग गर्न समेत अनुरोध गरेका छन्। उनलाई खल्ती एप्समा गरेर भोट गर्न सकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *