सुन्दरहरैचामा सेयर बजार सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यकर्म सम्पन्न

योगेन्द्र योगी
बिराटनगर : मोरङको सुन्दरहरैचामा सेयर बजार सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यकर्म सम्पन्न भएको छ। सुन्दरदुलारी उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको समन्वय तथा नेपाल धितोपत्र बोर्डको सहजीकरणमा आइतबार सुन्दरहरैचा ४ मा रहेको गोकर्ण रिसोर्टको सभाहलमा सेयर बजार सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

करिव १०० जना भन्दा बढी विद्यार्थी र लगानीकर्ताहरुमाझ शेयर बजारको आधारभूत पक्ष, नेपालको शेयर बजार, कम्पनी विश्लेषण, पोर्टफोलियो व्यवस्थापन तथा प्राविधिक विश्लेषण बारेमा तालिम दिईको थियो। साथै लगानीकर्ताहरुसँग रहेका शेयर बजार सँग सम्बन्धित विभिन्न समस्या तथा तिनको समाधानका विषयमा अन्तरक्रिया भएको सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन प्रसाद ढुंगानाले जानकारी दिए।

कक्षा १२ मा अध्यनरत विद्यार्थीहरु र ब्यबसायी साथीहरुलाई मध्यनगर गर्दै कार्यक्रम संचालन गरिएको र पछिल्लो समय देशमा आर्थिक संकट चुलिदै गईरहेको अवस्थामा अब भोलीका दिनहरुमा विद्यार्थीहरुलाई विदेश जान नपरोस् यहि हाम्रै देशमा सेयर बजारमा लगानी गरेर केहि न के आम्दानी गर्ने उदेश्यले सेयर बजार सम्बन्धी तालिम आयोजना गरिएको बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षमा सुरकृष्ण बैद्यले लगानीकर्तालाई उपयोगी विषयवस्तु सहितको तालिम कार्यक्रम सञ्चालन गरिएको बताए । सेयर बजार सम्बन्धमा आधारभुत विषयहरु सहितको १ दिने सचेतना कार्यक्रम सम्पन्न गरिएको सुन्दरदुलारी उद्योग वाणिज्य संघले जनाएको छ। नेपाल धितोपत्र बोर्डका निर्देशक गणेश श्रेष्ठ र उपकार्यकारी निर्देशक नारायण शर्माले कार्यक्रमको सहजीकरण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *