पथरी शनिश्चरेमा खुला सिङ्गिङ र डान्सिङ आईडल प्रतियोगिता-२०८२ हुने

पथरी शनिश्चरे बैशाख -१६ गते

मोरङको पथरी शनिश्चरेमा खुल्ला सिङ्गिङ र डान्सिङ आइडल प्रतियोगिता-२०८२ हुने भएको छ।
आज मंगलबार मनोहर होटल एण्ड पार्कमा आयोजित पत्रकार सम्मेलन मार्फत साहित्य प्रवर्धन समिति पथरी शनिश्चरेले सोको जानकारी दिएको हो।
नगर क्षेत्रभित्र साहित्य, कला, संगीत, नृत्य, चित्रकला, मूर्तिकला, तथा अन्य सृजनात्मक विधामा प्रतिभा भएका व्यक्तिहरूको पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष झैँ यस वर्ष कला विधा अन्तर्गत रहेका सिंगिङ र डान्सिङ आइडल हुने भएको कलासाहित्य प्रवर्द्धन समितिका अध्यक्ष धनराज राई (अमिर) ले जानकारी दिनुभयो।
यहि वैशाख २६ गते हसन्दह बजारबाट सुरु हुनेछ भने २७ गते पथरी बहुमुखी क्याम्पसमा अर्को अडिसन हुनेछ। यसैगरी, दोस्रो चरण जेठ ३ गते शनिबार पथरी बहुमुखी क्याम्पसमा छनौट कार्यक्रम हुनेछ । जसबाट गायन र नृत्य विधाका उत्कृष्ट २०/२० जनाको छनौट ( सेलेक्शन) हुनेछ । त्यसपछि चौथो तथा फाइनल चरण ( ग्रान्ड फिनाले ) आगामी जेठ २४ गते हरियाली सामुदायिक वन समूहको हलमा तय भएको आयोजक कला साहित्य प्रवर्धन मितिका सचिव लक्ष्मी प्रसाद फुयालले जानकारी दिनुभयो।
” खोजी प्रतिभाको अब गाउने छ, नाच्ने छ पथरी शनिश्चरे “भन्ने मुख्य नाराका साथ आयोजना हुन लागिरहेको उक्त प्रतियोगितामा सिङ्गिङ तर्फ खुल्ला उमेर समुहले आफ्नो प्रस्तुति दिन सक्नेछन् भने डान्सिङ तर्फ समेत खुल्ला उमेर समुहकाले भाग लिन पाउनेछन्। यी दुवै अडिसमा भाग लिने सहभागीहरूले पथरिशनिश्चरे नगरपालिकामा स्थायी बसोबास गरेको प्रमाण पेश गर्नुपर्ने आयोजकले जनाएको छ। सिंगिङ र डान्सिङ छुट्टाछुट्टै विधाका प्रथम, द्वितीय र द्वितीय स्थान हासिल गर्ने विजेताले क्रमशः ४० हजार, २० हजार र १० हजारका दरले नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सोही अडिसनको समापनका अवसरमा नगर क्षेत्रका एक वरिष्ठ सर्जक लाई नगद २५ हजार रूपैयाँ नगदसहित मुहारचित्र र सम्मानपत्रले सम्मानित गरिने पनि जानकारी दिईयो। उक्त कला साहित्य प्रवर्धन समितिले गतवर्ष भने प्रथम पोएट आइडल सञ्चालन गरेको थियो।पत्रकार सम्मेलनमा कला साहित्य प्रवर्धन समितिका सल्लाहकार तथा साहित्यकार भूपेन्द्रराज तिम्सिना, सिंगिङतर्फका संयोजक अर्जुन सेन्चुरी र डान्सिङ तर्फका संयोजक राम बिक सहितको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *