क्वेष्ट डान्सिङ आइडल सिजन–६ : पहिलो चरणबाट प्रतिभावान् विद्यार्थी छनोट
सुन्दरहरैँचा (मोरङ) — मोरङको सुन्दरहरैँचा–८ स्थित क्वेष्ट सेकेण्डरी स्कुलमा आयोजित ‘क्वेष्ट डान्सिङ आइडल सिजन–६’ को पहिलो चरण सम्पन्न भएको छ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको नृत्य प्रतिभा पहिचान, प्रोत्साहन तथा अभिव्यक्तिका लागि आयोजना गरिएको प्रतियोगितामा विभिन्न तहका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको विद्यालयले जनाएको छ। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले विविध शैलीका नृत्य प्रस्तुत गर्दै आफ्नो कला प्रदर्शन गरेका थिए।
पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू आगामी चरणका लागि छनोट भएका छन्। छनोट भएका प्रतिस्पर्धीहरूले अब थप प्रतिस्पर्धात्मक चरणमा आफ्नो प्रस्तुति दिनेछन्।
विद्यालयका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा लुकेर रहेका प्रतिभाको उजागर गर्न सहयोग पुग्नुका साथै आत्मविश्वास, सिर्जनशीलता र प्रस्तुतीकरण क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्छन्। शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिँदै आएको विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि विभिन्न प्रतिभामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
प्रतियोगिताको आगामी चरण छिट्टै आयोजना गरिने विद्यालयले जनाएको छ। आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूबीच स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै कला र संस्कृतिप्रतिको रुचि अभिवृद्धि गर्न समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।





