सुन्दरहरैंचामा सुन्दर संगम सांगीतिक साँझ  २०८१ हुने

योगेन्द्र योगी


बिराटनगर : मोरङको सुन्दरहरैंचामा सुन्दर संगम सांगीतिक साँझ  २०८१ आयोजना हुने भएको छ। सिद्धार्थ युवा समाज क्लब आयोजनामा  सुन्दर संगम सांगीतिक साँझ हुन लनगेको हो । सो सागीतिक साझमा चर्चित गायक महेश काफ्ले,सुदन राई र्यापर दारी साथै स्थानिय कलाकार तथा अन्य नृत्यकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

सुन्दर संगम सांगीतिक साँझ मंगलबार बेलुका सुन्दरहरैंचा नगरपालिका – ६ स्थित देवकुमारी चोकमा आयोजना हुने सिद्धार्थ युवा समाज क्लबका अध्यक्ष अशिम राईले जानकारी दिए। वडा दशैँको अवसर पारेर हुन् लागिरहेको सुन्दर संगम सांगीतिक साँझबाट केहि रकम छुट्याएर निम्न आय भएका परिवारका विद्यार्थीहरुलाई पोशाक खरिद गरेर वितरण गरिने अध्यक्ष राईले बताए।

‘कार्यक्रमबाट आएको केहि रकमले अक्षय कोष निर्माण गरी त्यहाँबाट जम्मा भएको पैसाले विभिन्न गरिव तथा निम्न आय भएका विद्यार्थीहरुलाई सहयोग गर्ने मुख्य उदेस्य हो,अध्यक्ष राईले भने।’ सुन्दरहरैंचा ६ को मुख्य ब्यापारिक केन्द्र संगम टोलमा रहेका व्यापारिहरुलाई पनि केहि फाइदा पुगोस् भन्ने हेतुले उक्त स्थानमा कार्यक्रम गर्न लागिएको उनले बताए। 

कार्यक्रमामा करिव ५ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ। नेपालीहरुको महान चार्ड दशैँको बेला भएकाले ठूलो संख्यामा दर्शकहरु आउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *